समाचार

प्रचण्ड-नेपालको पिरती : ओलीको पेलानपछि परेको लभ, फैसलाले गराइदियो ब्रेकअप

काठमाडौं

फागुन

माओवादी केन्द्र को केन्द्रीय कार्यालय पेरिसडाँडा को महोल अरु दिन को भन्दा सोमवार भिन्न रह्यो।

मन अमिलो पारेर नेताहरुले भित्र बैठकमा छुट्टिने सल्लाह गरिरहँदा बाहिर कार्यकर्ता भने अन्यौलमा थिए। अदालतले एमाले र माओवादीलाई आ-आफ्नो बाटो लाग्न भनेपछि

केही समय यतादेखि समूह बनाएर बसेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता

माधवकुमार नेपाल निकट नेताहरुमा छटपटी थियो भने कार्यकर्तामा निरासा।नेता छुट्टिन थालेको सुइको कार्यकर्ताले पाइसकेका थिए।

प्रचण्डसँग छुट्टिनुअघि नेपाल समूहका नेताहरुले बानेश्वरको एक होटलमा बसेर अब अलग हुने निष्कर्श निकालेका थिए।

२००७५ जेठ ३ गते माओवादी र एमाले एकीकरण भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बने यता पेरिसडाँडा प्राय सुनसान थियो।

तर,प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि पेरिसडाँडाको माहोल नै बदलियो। प्रचण्ड-नेपालले माओवादीको कार्यालयलाई हेडक्वाटर बनाएका थिए।

दैनिक कार्यकर्ता र नेताको बाक्लो भिडले पेरिसडाँडाको महोल बदलिएको थियो। बिहान ११ बजेका लागि तोकिएको बैठक ३ बजेका लागि सरेको थियो सोमवार।

३ बजे नै बैठक सुरु हुने भनिए पनि बैठक केही ढिला भयो। अन्तिम बैठक भएकैले पनि होला नेताहरुले बैठक लामै गरे। झण्डै ३ घण्टा लामो बैठकमा प्रचण्ड नेपाललाई आ-आफ्नो बाटो लाग्ने निर्णय भयो।

फैसलाको तगारो

प्रचण्ड नेपालले पछिल्लो समय भाषणका क्रममा एउटा विषय दोहोर्‍याइ रहन्थे। एक अर्काको प्रशंसा उनीहरुको भाषणको साझा विषय जस्तै बनेको थियो।

आफूहरुको सम्बन्ध ४ दशकभन्दा पुरानो भएको देखाउन उनीहरु विभिन्न घटनाक्रमलाई उदाहरणका रुपमा प्रस्तुत गर्थे।

किन आफूहरु अहिले आएर एउटै पार्टीमा समूह बनाएर बस्नुपर्‍यो भन्नेबारे प्रस्टिकरण दिन्थे।

ओलीले हेप्न थालेपछि रियल क्रान्तिकारी मोर्चा बनेको प्रचण्डले पुस १४ गतेको बिरोध सभामा बताएका थिए। ‘यसलाई रियल क्रान्तिकारी मोर्चा भने पनि हुन्छ।

ओलीबाट पीडित भएपछि हामी अहिले यसरी यहाँ छौ, ‘ प्रचण्डले भनेका थिए।

धेरैजसो सार्वजनिक सभाहरुमा प्रचण्ड-नेपालले आफ्नो एक अर्काको एकै नासले प्रशंसा गर्दा ओलीको चर्को विरोध गर्ने गरेका थिए।

तर आइतवार अदालतको फैसलापछि भने नेपाल निरीह देखिएका छन्।

नेपाल समूहको बैठकले अदालतको निर्णय नमान्दा झनै संकट आउने भएकाले मान्नुको विकल्प नभएको निचोड निकालेको थियो।

सोमवार पेरिसडाँडाको बैठकपछि प्रतिक्रिया दिँदै नेपालले एमालेमै रहेर पनि ओली प्रवृति विरुद्ध संघर्ष गर्ने बताएका थिए।

‘हामी चाहन्छौ सकारात्मक दिशामा मुलकलाई लाने। समाजको रुपान्तरणलाई अघि बढोस्। जनताका इच्छा आकांक्षा पुरा हुन्।

हामी जहाँ रहे पनि लोकतान्त्रिक र वामपन्थी आन्दोलनलाई सशक्त बनाएर लान्छौ,’

पेरिसडाँडाबाट बाहिरिँदै गर्दा नेता नेपालले भनेका थिए। नेपाल समूहका नेताहरुका अनुसार अहिले बाध्यात्मक अवस्थाका कारण ओली नेतृत्वको नेकपामा जान परे पनि नेपालले फेरी पनि प्रचण्डसँगको एकताबारे पहल गर्नेछन्।

अहिले अदालतको फैसला कार्यान्वयन गर्ने भन्ने हो। जहाँ भए पनि एकताको पहल हुन्छ।

कम्युनिस्ट आन्दोलन अगाडि बढ्छ नेपाल निकट स्थायी कमिटी सदस्य भीम आचार्यले भने।

ओलीको पेलानले नै प्रचण्ड-नेपालको मिलन
नवौं महाधिवेशनबाट अध्यक्ष पदमा केपी ओली निर्वाचित भएपछि नेपाल पार्टी सत्ताबाट टाढा पुगे।

ओलीले जसरी नेपालले आफ्नो समूहलाई पेलेका थिए त्यसरी नै नेपालमाथि इख देखाउन थालेपछि नेपाल उनीसँग रुष्ट बने।

यतिसम्म की ओली बिरामी भएर सिंगापुरमा उपचारका लागि जाँदै गर्दा नेपालले स्वास्थ्य लाभको कामना गरे पनि ओलीले स्वीकारेनन्। बरु उनले तपाइ मेरो मृत्यु चाहनुहुन्छ भन्दै

नेपाललाई जवाफ फर्काए। त्यसयता प्रय: ओली-नेपाल सम्बन्धमा सुमधुरता आएन।

ओलीबाट पेलानमा परेका नेपाल बरु ओलीको विकल्प खोज्ने मुडमा पुगेका थिए।

नेकपा एकताका बेला कुममा कुम जोडेर जेटका दुई पाइलट भन्दै आफ्नो सम्बन्धको प्रचार गरेका प्रचण्ड-नेपालको सम्बन्धमा समेत राम्ररी अघि बढ्न सकेको थिएन।

Related Articles

Back to top button