आज महा शिवरात्री देख्ने बित्तिकै भगवान शिवजिको दर्शन गरि पुरा पढ्नुहोस मनले चिताएको कार्य पूरा हुनेछ

आज शिवरात्री होइन, महाशिवरात्री हो। शिवरात्री अर्थात “भगवान शिवको रात” त प्रत्येक चन्द्र महिनाको १३औं अथवा १४औं दिन (आधा चंद्रचरणको कालो रात)मा हुने गर्छ तर वैदिक फागुन महिनामा आजको दिन हुने शिवरात्रीलाई त महाशिवरात्री भनेर भनिंछ। भगवान भोले वावा शंकरको प्रिय रात हो।

एकजना पापी शिकारीले महाशिवरात्रीको दिन अनायसै चाहना वेगैर शिवलिंगको रातभरी आराधना गरेकोले मात्र अर्को जन्ममा त्यो पापी व्याधा राजा चित्रवाहु भएर जन्म्यो। राजा चित्रवाहु पूर्वजन्ममा पापी व्याधा थियो। एकपटक हरिणको शिकार गरी फर्कदा रात पर्यो। हरिणलाई त्यही रूखमा बाँधि रूखमा वाल-वच्चा श्रीमतीको याद गर्दै भोक-प्यास सहीत रुदै, समय कटाउन रूखको पात टिप्दै भुईमा फाल्दै रात काट्यो। मृत्युपछि त्यो पापी व्याधाको नयाँ जन्म राजा चित्रवाहुको रूपमा भयो। कुरा के रहेछ भने त्यो रूखमा काटेको रात महाशिवरात्रीको दिन परेको रहेछ भने चढ़ेको रूख वेलको रूख रहेछ। त्यही रूखको फेदमा शिवलिंग रहेछ। रुदा शिवलिंग पखालिन गै पात टिपी फ्याक्दा शिवलिंग माथि पर्दो रहेछ अनि भोक-प्यासले रात काटेकोमा उपवास पनि हुन गएछ।

वास्तबमा भगवान भोलेबाबा शंकर माता झै हुनुहुंछ भने भगवान श्रीकृष्ण पिता झै हुनुहुंछ। वालकले ढिपी गरी घातक वस्तु जस्तै चक्कु नै खेल्न माँगेपनि कोमल हृदयकी माताले मोहवश दिन्छिन तर पिता वालककै हितको लागि अलि कठोर भै चक्कु जस्तो घातक वस्तु वालकलाई खेल्न सकेसम्म मनाही गर्छ। त्यस्तै भोले बाबा शंकरको भित्री ईच्छा भक्त यस दुखालयबाट मुक्त होस भन्ने भएता पनि भोले भएकैले भक्तले चक्कुरूपी हानिकारक सांसारीकता नै माँगेपनि माता झै दिनुहुंछ तर भगवान श्रीकृष्ण पिता झै सकेसम्म भक्तले वैराग्य नै कमाओस र एकदिन सधै मृत्युलोकको दुखालयबाट मुक्त होस भनि अलि कड़ाई गर्नुहुंछ।

रामभक्त र रामायण रचयिता तुलसीदास भन्नुहुंछ:

“शंकर भजन बिना नर भक्ति न पाए मोर

औरो एक गुप्तमत सबही कहउ कर जोर”

-तुलसी दास

अर्थात

“शंकरको भजन बिना श्रीकृष्ण भक्ति पाउन सम्भव छैन।”

तपाई भोले बाबा शंकरको भक्ति सांसारिकता पाउन गर्नुहोस, भोले बाबा त्यही दिनुहुंछ। तपाई भोले वावा शंकरको भक्ति आध्यात्मिक उन्नतिको लागि गर्नुहोस, भोले बाबा तपाईलाई श्रीकृष्णकहाँ पठाउनुहुंछ।

“एक गरीव व्रम्हण भगवान शिवको आध्यात्मिक उन्नतिको लागि सधै आराधना गर्थ्यो। भगवान शिव प्रकट भै ब्रम्हणलाई गौड़िया वैष्णब श्री सनातन गोश्वामीलाई भेंट गर्न आज्ञा गर्नुभयो। आज्ञा अनुरूप सो ब्रम्हण श्री सनातन गोस्वामीलाई भेटी वृत्तान्त सुनायो। श्रीसनातन गोस्वामीसंग मणि थियो जसले फलाम छुवाउँदा फलाम सुन बन्थ्यो।भौतिक उन्नतिलाई आध्यात्मिक उन्नतिको वाधा देखेका श्री सनातन गोस्वामीले त्यस्तो मणिलाई फोहोरको थुप्रोमा राख्थे। भगवान शिवले त्यही मणि यस ब्रम्हणलाई दिनु भनेको बुझि मणि ब्रम्हणलाई दिएर पठाउँछन। मणि प्राप्त गरी ब्रम्हण भौतिक सुखमा रम्छ तर सुख प्राप्त नभएकोले पुन: सनातन गोस्वामीकहाँ जांछ र त्यस्तो अमूल्य मणिलाई पनि फोहोरको थुप्रोमा राखेको कारण सोध्छ। श्रीसनातन गोस्वामी भंछन “भोले वावाले दिन खोजेको वास्तबिक सुख चाहंछौ?”, ब्रम्हणले “हो चाहंछु” भनेपछि “त्यसोभए मणि खोलामा फ्याकीदिनु भनि अर्हाउँछन”। ब्रम्हण त्यही गर्छन। अनि श्रीसनातन गोस्वामी ब्रम्हणलाई “श्रीकृष्ण शरणमा गै श्रीकृष्ण भक्ति गर्न” निर्देशन दिन्छन। ब्रम्हणले बल्ल सुख प्राप्त गर्छन, आत्मिय सुख। भोलेबाबा शंकरलाई लाख लाख धन्यवाद दिन्छन।”

– श्रील प्रभुपादको श्रीमद भागवतम ४-७-७ को व्याख्या

भगवान श्रीकृष्ण भोलेबाबा शंकरलाई औधि माया गर्नुहुंछ। ब्रह्मवैर्वत पुराण, अध्याय ३६, श्लोक १०९,११० मा भगवान श्रीकृष्ण राधारानीलाई भन्नुहुंछ:

“शंकरः परमात्मा मे प्राणेभ्योऽपि परः शिवः।

त्र्यम्बके मन्मनः शव्श्र प्रियो मे भवात्परः।।

न संवसामि गोलोके वैकुण्ठे तव वक्षसि।

सदाशिव हृदये निबध्द प्रेमपाशतः।।”

-ब्रह्मवैर्वत पुराण, अध्याय ३६, श्लोक १०९,११०

अर्थात

“शिव मेरो प्राणभन्दा पनि ठुलो हुनुहुन्छ , मेरो मन त्यस त्रिलोचनमा सधैं लागेको हुन्छ, भगवान शिवभन्दा प्रिय मेरो कोही छैन। राधे ! म गोलोक, वैकुण्ठलोक र तिम्रो हृदयमा पनि बाँस गर्दिन। म त सधैं शिवको प्रेमपाशमा बाधिएर उहाँ कै हृदयमा बाँस गर्छु ।”

 

यस्तै विष्णु पुराणमा भगवान श्रीकृष्ण भोलेबाबा शंकरलाई भन्नुहुंछ।

“मत्तोsबिभिन्नमात्मानाम द्रष्टुमर्हसि शंकर

-विष्णु पुराण ५-३३-४७

अर्थात

“हे शंकर मलाई फरक आत्मा नसम्झनु।”

 

फेरी भोले बाबा पनि भगवान श्रीकृष्णका प्रेमी हुन।

भागवत भंछ:

“वैष्णवभानाम यथा शम्भो”

-भागवत १२-१३-१६

अर्थात

“वैष्णबहरूमा सबैभंदा ठूला शम्भु हुन।”

भगवान श्रीराम रामेश्वरममा शिबलिंगको स्थापना गरी भोलेवावाको आराधना गर्नुहुंछ भने श्रीकृष्ण-रासलिलामा भाग लिन भोलेबाबा शंकर पनि गोपी बनि जानुहुंछ जुन गोपेश्वर महादेवको नामले प्रख्यात छ।

भोले बाबालाई चाडै प्रसन्न हुने आशुतोष भनेर पनि भनिंछ। वहां यति भोले छन की एक चोरले शिवलिंग माथि नै चढ़ी भगवानको घण्टी चोर्ने प्रयास गर्दा जे कुराको पनि सकारात्मक पक्ष देख्ने भोलेबाबाले “यसले त आफुले आफैलाई मलाई अर्पण गर्यो” भन्ने ठानी प्रकट भै वरदान माग्न पो आग्रह गर्नुभयो। आफ्ना भक्त रावणले पत्नी पार्वती नै माँग्दा “लिएर जाऊ” भनिदिए।

 

समुन्द्र मंथनको समयमा निक्लेको विष सृष्टिको जीव-सुखको लागि पान गरी आफ्नो कण्ठमा धारण गर्नुभयो। हामी सबै जीवको सुरक्षाको लागि अहिले पनि त्यो विषले वहाँलाई पीडा हुंछ तर बाबा सहेर हाम्रो सुखको खयाल मात्र गर्नुहुंछ। पुतनाले कालकूट विष खुवाउँदा भगवान श्रीकृष्णले भोले बाबालाई स्मरण गरी बोलाउनु भयो, त्यो विष पनि बाबा शंकरले पान गरीदिए। यस्ता छन मेरो बाबा।

यस्तो बाबाले जीवरक्षाको लागि गरेको विषपानलाई गलत अर्थ लगाई बाबाको नाम लिइ भांग, गाँजा जस्ता नशालु पदार्थ सेवन गर्नेहरू अज्ञानी मूर्खहरू हुन।

विष्णुपुराणमा भगवान श्रीकृष्ण भोलेबाबा शंकरलाई भन्नुहुंछ:

“अविध्यामोहीतात्मान: पुरूषा भिन्नदर्शिंन:”

विष्णु पुराण ५-३३-४८

अर्थात

“मायाद्वारा मोहीत व्यक्तिहरू मात्र हामी हरि र हरलाई फरक देख्छन।”

महाशिवरात्रीको यस पावन अवसरमा यहाँहरू सबैलाई शुभकामना ….

जय भोले बाबा जय शंकर

हरे कृष्ण

शिव पञ्चाक्षर स्तोत्रम्

************

 

मनागेन्द्रहाराय त्रिलोचनाय

भस्माङ्गरागाय महेश्वराय ।

नित्याय शुद्धाय दिगम्बराय

तस्मै न_काराय नमः शिवाय ॥१॥

 

मन्दाकिनीसलिलचन्दनचर्चिताय

नन्दीश्वरप्रमथनाथमहेश्वराय ।

मन्दारपुष्पबहुपुष्पसुपूजिताय

तस्मै म_काराय नमः शिवाय ॥२॥

 

शिवाय गौरीवदनाब्जवृन्द_

सूर्याय दक्षाध्वरनाशकाय ।

श्रीनीलकण्ठाय वृषध्वजाय

तस्मै शि_काराय नमः शिवाय ॥३॥

 

वशिष्ठकुम्भोद्भवगौतमार्य_

मूनीन्द्रदेवार्चितशेखराय ।

चन्द्रार्कवैश्वानरलोचनाय

तस्मै व_काराय नमः शिवाय ॥४॥

 

यज्ञस्वरूपाय जटाधराय

पिनाकहस्ताय सनातनाय ।

दिव्याय देवाय दिगम्बराय

तस्मै य_काराय नमः शिवाय ॥५॥

 

पञ्चाक्षरमिदं पुण्यं य: पठेच्छिवसंनिर्धो

शिवलोकमावाप्रोति शिवेन सह मोदते ।।६।।

 

जय शंभो …

प्रतिक्रिया

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal