बिहिबार , अषोज ७, २०७८

राम बहादुर थापा ‘बादल’लाई प्रधानमन्त्री बनाउने ओलीको घोषणा

फागुण २६, २०७७ बुधबार 45

राम बहादुर थापा ‘बादल’लाई प्रधानमन्त्री बनाउने ओलीको घोषणा

काठमाडौ

फागुन

पार्टीमा अप्ठ्यारोमा परेपछि अनेक विषयलाई चर्चामा ल्याउने र नेताहरुलाई पदको आश्वासन दिने प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानै बानी हो।

पछिल्लोपटक उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि पदकै आश्वासन दिएर आफ्नो शैलीको पुनरावृत गरेका छन्।

जानकार नेताहरुको अनुसार ओलीले बादललाई चुनावी प्रधानमन्त्रीको आश्वासन दिएका छन्।

ओली अहिले पार्टीभित्र रक्षात्मक अवस्थामा छन्। उनीविरुद्ध सचिवालयका बहुमत सदस्यहरु उभिएका छन्।

पार्टी कमिटीका बैठकहरु उनको सहमति विपरीत नै बस्न थालेका छन्। यस्तो अवस्थामा उनले बादलको साथ पनि खोजेका छन्।

पार्टीभित्र ओलीको अप्ठ्यारो दैनिक बढ्दै गएको अवस्थामा थापालाई आफ्नो पक्षमा ल्याउन ओलीले चुनावी प्रधानमन्त्रीको

तयारी गर्न आग्रह गरेको ओली निकट एक प्रभावशाली स्थायी कमिटी सदस्यले बताए। उनका अनुसार बादलले आफूलाई तयारी राख्ने प्रयत्न पनि गरिरहेका छन्।

ओलीले बादललाई दिएको आश्वासनबारे अन्य कतिपय नेताले पनि जानकारी पाइसकेका छन्।

प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले आश्वासन दिने र पाउने दुवैलाई हेर्दा विषय स्वभाविक भएको बताए।

ओलीले नेताहरुलाई आफू नजिक ल्याउन धेरै पासा फाल्ने गरेको र बादललाई दिएको आश्वासनलाई पनि त्यही रुपमा लिनुपर्ने उनले बताए।

केपी कमरेडले वामदेव कमरेडलाई पनि चुनावी प्रधानमन्त्री हुनुस्, तयारी गर्नुस् भन्नु भएकै हो।

माधव कमरेड र प्रचण्ड कमरेडलाई पनि भन्नुभएकै होला उनले भने बादल कमरेडलाई पनि भन्न सक्नुहुन्छ। उहाँको कामै अप्ठ्यारो पर्दा पद बाँड्ने त देखियो नि। अरु के काम छ र?

ओलीले पार्टीलाई विधि र पद्धतिमा चलाउनेभन्दा आफू अनुकूल काम गर्न पद बाँड्दै हिँड्ने गरेको उनले आरोप लगाए।

बादलले गौतमलाई ओलीको पक्षमा उभिनुपर्ने प्रस्ताव राखेको भेटबारे जानकार गौतम निकट एक केन्द्रीय सदस्यले बताए। जसलाई गौतमले अस्वीकार गरेका थिए।

गौतम र बादलबीच करिब आधा घण्टा जति छलफल भयो। बादलले ओलीलाई साथ दिन आग्रह गर्नुभएछ उनले भने त्यस छलफलमा वामदेवले बादलले नै त्यस्तो कुरा गर्न नसुहाउने

बताउनुभए छ। उहाँले जस्तोसुकै परिस्थिति आए पनि यसपटक केपीलाई साथ दिन नसकिने स्पष्ट पार्नुभएछ।

आफ्ना गुटमा रहेका पूर्वमाओवादीका नेताहरुसँग पनि बादलले प्रष्ट र सांकेतिक कुराकानी गरेको बताइएको छ।

तर गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले प्रधानमन्त्री ओलीले चुनावी प्रधानमन्त्रीको आश्वासन नदिएको दाबी गरे।

बादल कमरेडलाई केपी कमरेडले चुनावी प्रधानमन्त्रीको आवश्वासन दिनु भएको छैन।

उहाँले वामदेव कमरेडलाई पनि भेट्नु भएको छैन उनले भने दुवै कुरा गलत हुन्। त्यसमा कुनै सत्यता छैन।

आइतबार स्थायी कमिटी बैठकअघि गौतम र बादलबीच भेट भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले बताए।

गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका थिए।