सोमबार , अषोज ४, २०७८

संसद भवन पुगेका प्रधानमन्त्री संसद बैठक सुरु नहुँदै बाहिरिए यस्तो छ बाहिरिनुको कारण?

फागुण २६, २०७७ बुधबार 8

संसद भवन पुगेका प्रधानमन्त्री संसद बैठक सुरु नहुँदै बाहिरिए यस्तो छ बाहिरिनुको कारण?

२६ फागुन

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका छन् ।

प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिरिएका हुन ।

बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै भने, यति भए भैगो नि

यही फागुन २३ गते पनि प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका थिए ।

बुधबारको संसद बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ ।

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

यही फागुन २३ गते सूचना टाँसेर बन्द भएको बैठक आज दिउँसो १ बजे बस्ने कार्यक्रम छ ।

सर्वोच्च अदालतले नेकपाको नाम खारेज गरेसँगै देखिएको नयाँ राजनीतिक घटनाक्रमपछि बस्न लागेको यो बैठकमा नेकपा

माओवादी केन्द्रका सांसदहरुको सिट व्यवस्थापनमा संसद सचिवालयले केही हेरफेर गरेको छ ।

संसद सचिवालयका अनुसार नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नगरेपनि सत्तापक्षसँगै नबस्ने गरी सिटको व्यवस्था मिलाइएको छ ।

सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेका अनुसार माओवादी केन्द्रका सांसदहरुका लागि अलगै लहरको ब्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा मा‌ओवादी केन्द्र अलग अलग पार्टी भएको पत्र संसद सचिवालयमा पठाएपछि

संसद सचिवालयले सिटहरुको नयाँ व्यवस्थापन गरेको हो ।।