मंगलबार , अषोज ५, २०७८

प्रचण्ड -नेपालको नयाँ पाटी दर्ता, यस्तो छ पार्टीको नाम?

फागुण २६, २०७७ बुधबार 14

प्रचण्ड -नेपालको नयाँ पाटी दर्ता, यस्तो छ पार्टीको नाम?

काठमाडौँ

फागुन

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ क्रिषि कट्टेलको नाममा रहेको फैसला गरेपछि नेकपाको प्रचण्ड–माधव समूह तीव्र छलफलमा जुटेको छ ।

प्रचण्ड–माधव समूह तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेललाई दिने

अदालतको आदेशपछि अब कसरी अघि बढ्ने भन्ने बारे निष्कर्षमा पुगिनसकेको बताइएको छ ।

कट्टेलले ०७५ जेठ ३ पछाडी नै सर्वोच्चआफ्नो नाम अर्कोलाई दिइएको भन्दै दिएको उजुरीको फैसला गर्दै आइतबार सर्वोच्व

अदालतले कट्टेलले नै उक्त नाम पाउने फैसला मात्रै गरेन एमाले र माओवादी पुरानै अवस्थामा फर्काउने फैसला समेत गर्यो ।

सर्वोच्चले गरेको यस्तो फैसला राजनीतिक भएको र मागभन्दा अघि बढेर गरेको भन्दै चौतर्फी विरोध भईरहेको छ ।

सर्वोच्चको फैसला अनुसार एमाले र माओवादी पुरानै हैसियतमा फर्किएको बताइएपनि प्रचण्ड–नेपाल पक्ष यो मान्न तयार छैन ।

यो पक्षले सर्वोच्चको फैसला पुनरावलोकनमा जाने र हाल नेकपामा कायम ४४१ जना केन्द्रिय सदस्यमध्यबाट बहुमत

केन्द्रिय सदस्यहरुको हस्ताक्षरसहित निर्बाचन आयोगमा नयाँ दल दर्ता गर्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

यो पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सट्टा अन्य नाम राखेर निर्बाचन आयोगमा नयाँ नाममा नेकपाको एकता कायम गर्ने पक्षमा छ ।

सो समूह कानुनी लडाई र प्रक्रिया दुवै सँगसँगै अघि बढाउने तयारीमा रहेपनि अझै के गर्ने भन्ने बारे निष्कर्षमा पुगिनसकेको बताइएको छ ।

प्रचण्ड–माधव समूहको स्थायी समितिको बैठक कानुनी परामर्श र तयारीका लागी भन्दै आज दिउसो ३ बजे बस्दैछ ।

आजको बैठकले पनि यसबारे केही कदम चाल्न सक्ने आँकलन गरिएको छ ।