भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक कार्यसुची हेर्नुहोस्?

काठमाडौँ

फागुन २५

कार्यसूची समाचारको अन्तिममा राखिएको छ

भोलि बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्दैछ ।

सम्भावित कार्यसूचीमा सरकारले विभिन्न अध्यादेश पेश गर्ने र प्रतिनिधिसभाका वर्तमान र पूर्व सदस्यको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

यसअघि आइतबारको बैठकमा सभामुखले संबैधानिक परिषदसम्बन्धि अध्यादेश पेश गर्न अनुमति दिएपछि काँग्रेसले
नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो ।

निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रले फेरि एकता गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

मंगलवार बसेको आयोगको बैठकले यसअघि एकता भएर बनेको पार्टी बदर भएकोले फेरि एकीकरण गर्ने भए १५ दिनभित्र

निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।

यसअघि २०७५ जेठ २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो ।

तर सर्वोच्च अदालतले गत आइतबार ने क पाको नाम निर्वाचन आयोगमा पहिले नै दर्ता भएको पार्टीसँग मिल्दोजुल्दो भएको भन्दै खारेज गर्ने फैसला सुनाएको थियो ।

आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग दलको रुपमा कायम रहेको सूचना दुबै दललाई दिने निर्णयसमेत

गरेको छ । यसैबीच आयोगको बैठकले नेकपा एमाले र माओवादी केन्द्र कायमै रहेको सूचना संसद सचिवालय र

सातवटै प्रदेशसभालाई दिने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal