सोमबार , अषोज ११, २०७८

निर्वाचन आयोगले भर्खरै जारी गर्यो यस्तो अत्यन्तै जरूरी सुचना? छायो खुसियाली

फागुण २५, २०७७ मंगलबार 26

निर्वाचन आयोगले भर्खरै जारी गर्यो यस्तो अत्यन्तै जरूरी सुचना? छायो खुसियाली

काठमाडौं

२५ फागुन ।

निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रले फेरि एकता गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

मंगलवार बसेको आयोगको बैठकले यसअघि एकता भएर बनेको पार्टी बदर भएकोले फेरि एकीकरण गर्ने भए १५ दिनभित्र

निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।

यसअघि २०७५ जेठ २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो ।

तर सर्वोच्च अदालतले गत आइतबार ने क पाको नाम निर्वाचन आयोगमा पहिले नै दर्ता भएको पार्टीसँग मिल्दोजुल्दो भएको भन्दै खारेज गर्ने फैसला सुनाएको थियो ।

आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग दलको रुपमा कायम रहेको सूचना दुबै दललाई दिने निर्णयसमेत

गरेको छ । यसैबीच आयोगको बैठकले नेकपा एमाले र माओवादी केन्द्र कायमै रहेको सूचना संसद सचिवालय र

सातवटै प्रदेशसभालाई दिने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।