Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चाडपर्व विशेष सुरक्षा योजना लागु सयौं प्रहरी परिचालन

रुकुम पश्चिम कार्तिक १ गोपाल सिंह खड्का

रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्लामा चाडपर्व विषेश सुरक्षा योजना लागु गरेको छ । हिन्दु नेपालीहरुको महान पर्व वडा दशैं, तिहार तथा छठपर्वको समयमा हुन सक्ने अपराधिक कार्यलाई रोक्न उक्त सुरक्षा योजना लागु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारि प्रहरी   निरीक्षक हरि अाेलीका अनुसार विभिन्न युनिटमा प्रहरी परिचालन गरि चाडपर्वको समयमा २ सय ९६ जना प्रहरी परिचालन गरिएको बताएका छ्न । उक्त सुरक्षा योजना अुनसार जिल्लाभर रातको समयमा रुकुम पश्चिमका १७ ठाउँमा विशेष सुरक्षा सवारी चेकजाँच, २४ सौँ घण्टा पैदल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, रुकुम पश्चिमको मुख्य नाकामा चेकजाँचका साथै दिउँस तथा रातको सयमा हुन सक्ने चोरी, डकैती,जुवातास, लुटपाटलाई लक्षित गरि आकस्मितक कर्ड एण्ड सर्च अपरेसन समेत सञ्चालन गरिने छ। यसैबीच जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चाडपर्वको सयमा घरमा चोरी डकैती हुन सक्ने भन्दै सतर्क हुन आम नागरिकलाई आग्रह गरेको छ । घर बाहिर निस्कदा झ्याँल ढाका राम्रोसँग लगाउन, सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गर्न, जथाभावी मादक पदार्थ नबेच्न र सेवन नगर्न साथै कोरोना जोखि रहेको भन्दै सामाजिक दुरी कायम गर्न र घरमै बसेर मनाउन कार्यालयको आग्रह छ । यस्तै कुनै पनि घटना भएमा वा घटना हुन सक्ने आशंका भएमा नजिकको प्रहरी कार्यालय वा १०० फोन नर्ग पनि प्रहरी सुचना अधिकारि  ओलिले आग्रह गरेका छन ।