बुधबार , कार्तिक ३, २०७८

प्रचण्ड-नेपाललाई ठूलो तनाव अचानक बाहिरिए घनश्याम भुसाल आखिर किन ? पूरा पढनुहोस

फागुण २४, २०७७ सोमबार 43

प्रचण्ड-नेपाललाई ठूलो तनाव अचानक बाहिरिए घनश्याम भुसाल आखिर किन ? पूरा पढनुहोस

काठमाडौं, २४ फागुन ।

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् ।

४ बजे बसेको बैठकबाट के कारणले भुसाल पेरिसडाँडाबाट बाहिरिएको

भन्ने कारण भने प्राप्त भएको छैन । भुसालले बाहिरिँदै गर्दा प्रतिक्रिया दिने भने इन्कार गरेका छन् ।

आइतबार सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको

नेकपा खारेज गरेपछि सो समुहले आकस्मिक स्थायी समिति बैठक बोलाएको छ ।

बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय गरिने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

मलाई केपी ओली र अदालतले एक्लै पारे साथ दिएनन म के गरुम ?– माधव नेपाल

काठमाडौ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपालले अदालत र नेता केपी शर्मा ओलीले आफूलाई समस्यामा पारेको बताएका छन् ।

उनले कान्तिपुरका विनु सुवेदीसँगको एक अन्तरवार्तामा यस्तो बताएका हुन् ।

अदालतको फैसलापछि साविकको एमालेमै पनि तपाईंको नेतृत्वमा रहेको समूहलाई सबैभन्दा ठूलो अप्ठ्यारो परेको हो?

भन्ने कान्तिपुरको प्रश्नमा माधव नेपाल भन्छन्, ‘हो । सबैभन्दा अप्ठ्यारो मलाई नै पऱ्यो । किन यस्तो भयो होला? यो त

विचित्रै भयो ।’ उनी अगाडि थप्छन्, ‘किन यस्तो गरेको होला? टा र्गे ट त मलाई बनाएको देखियो हेर्नुस्, केपी ओलीलाई पनि

बनाएको देखिएन, प्रचण्डलाई पनि बनाएको देखिएन । मैसँग यत्रो रिसइबी साध्ने स्थिति कसरी भयो

न्यायाधीशहरूलाई? कसरी आइपर्‍यो त्यो स्थिति?’ अदालतको फैसलाले माधवकुमार नेपाल, झलनाथ खनालजस्ता नेकपा

एमालेका पूर्व नेताहरुलाई अचम्म र समस्यामा एकै पटक पारेको छ । एमालेमै फर्किन पनि उनीहरु नैतिक रुपमा सक्षम