प्रचण्ड र बाबुरामले गलत बाटो लिए, धुलोपिठो भए : ‘विप्लव’

काठमाडौँ

फागुन २२

कपिलवस्तुको शिवगढीमा सोमबार पार्टी निकट अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ‘विप्लव’

ले समाजको अन्याय, अत्याचार र दमनका विरुद्ध लडेको आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध र दमन सही नभएको बताएका हुन् ।

उनले न्यायका लागि संघर्ष गर्न डराउन नहुने भन्दै प्रधानमन्त्री केपी ओलीले ‘केही समयअघि सत्यसँग लड्दिन शक्तिसँग

झुक्दिनँ’ भनेपनि आफ्नो पार्टीमाथि प्रतिवन्ध लगाएर गलत गरेको बताए ।

‘हुन त केपी जीले सत्यसँग लड्दिन शक्तिसँग झुक्दिनँ भन्नुभयो तर हाम्रो पार्टीमाथि प्रतिवन्ध के थियो त्यो ?

त्यो सत्य र न्याय थियो ? कुमार पौडेललाई समातेर कन्चटमा गोली हानेर मार्नु त्यो सत्य हो ?’, विप्लवको प्रश्न छ ।

उनले आफू सत्य र न्यायको पक्षमा लडेको र लडिरेहने बताए । ‘बम टेक्दै र हतियार खोस्दै हिँड्न सकिन्छ । न्यायको पक्षमा हामी कहिल्यै दब्नु हुँदैन ।

हामीले गल्ति गरेका छैनौ’, विप्लवको भनाइ छ । उनले महिलाले सम्पतिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने पनि बताए

। न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको विप्लवले दावी पनि गरे ।

उनले प्रचण्ड र बाबुरामहरूले न्याय र समानताको मुद्दा बिर्सेकाले उनीहरु धुलोपिठो भएको पनि टिप्पणी गरे ।

‘आज प्रचण्डजी कहाँ पुग्नुभयो ? प्रचण्ड र बाबुरामले गलत बाटो लिए । मन्त्री त हामी पनि हुनसक्थ्यौँ ।

सहिद परिवार, वेपत्ता, किसान मजदुर बिर्सिए । त्यसपछि प्रचण्ड धुलोपिठो भए’, विप्लवले ओलीपछि प्रचण्ड बाबुराममाथि पनि हमला गरेका थिए ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal