सोमबार , कार्तिक ८, २०७८

प्रधानमन्त्री कुन पार्टीको हो, अदालतलाई सोध्नू, तपाइँलाई सोध्न नपरोस्: प्रधानमन्त्री [भिडियो

फागुण २४, २०७७ सोमबार 29

प्रधानमन्त्री कुन पार्टीको हो, अदालतलाई सोध्नू, तपाइँलाई सोध्न नपरोस्: प्रधानमन्त्री [भिडियो

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा गएर प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार (आज) १ सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्नेलाई अदालतमा गएर आग्रह गरेका हुन् ।

पुनर्स्थापनापछि आइतबार (हिजो) बसेको प्रतिनिधि सभामा सभामुखलाई नेता भिम रावलले प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्न गरेका थिए ।

त्यसैको प्रतिउत्तर दिँदै आज प्रधानमन्त्रीलले नेता रावलाई इंगित गर्दै भने, ‘यदि मैले उहाँलाई कुन पार्टीको हो भनेर सोधेँ भने ?’

सर्वोच्च अदालतले आइतबार (हिजै) तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी

केन्द्र) को एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राजनीतिक दलसम्बन्धी ऐन विपरीत तथा नियम विपरीत दर्ता भएको ठहर गरेको थियो ।

भिडियो