Saturday, October 24सुदुर मिडिया द्वारा संचालित
Shadow

सल्यान प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना लागु तिन सय बढी प्रहरी परिचालन

सल्यान कार्तिक १ मनोज डाँगी

जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लामा चाडपर्व विषेश सुरक्षा योजना लागु गरेको छ । हिन्दु नेपालीहरुको महान पर्व वडा दशैं, तिहार तथा छठपर्वको समयमा हुन सक्ने अपराधिक कार्यलाई रोक्न उक्त सुरक्षा योजना लागु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द थापा क्षेत्रीका अनुसार विभिन्न युनिटमा प्रहरी परिचालन गरि चाडपर्वको समयमा ३ सय ५० जना प्रहरी परिचालन गरिएको बताउनु भयो   । उक्त सुरक्षा योजना अुनसार जिल्लाभर रातको समयमा सल्यानका  प्रहरी चौकि   अस्थायी प्रहरी चौकी ठाउँमा सवारी चेकजाँच, २४ सौँ घण्टा मोटरसाइकल गस्ती पैदल गस्ती, मोबाइल गस्ती र   सादा पोसाकमा प्रहरी परिचालनमा सल्यानको मुख्य नाकामा चेकजाँचका साथै दिउँस तथा रातको सयमा हुन सक्ने चोरी, डकैती,जुवातास, लुटपाटलाई लक्षित गरि आकस्मितक कर्ड एण्ड सर्च अपरेसन समेत सञ्चालन गरिने छ। यसैबीच जिल्ला प्रहरी कार्यालय सल्यानले चाडपर्वको सयमा घरमा चोरी डकैती हुन सक्ने भन्दै सतर्क हुन आम नागरिकलाई आग्रह गरेको छ । घर बाहिर निस्कदा झ्याँल ढोका राम्रोसँग लगाउन, सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गर्न, जथाभावी मादक पदार्थ खाएर सवारीसाधन नचलाउन र  नबेच्न  यात्रुहरु बाट भाडादरहरु धेरै उठाउन पनि ट्राफिक प्रहरीलाई खटाएको प्रहरी प्रमुख थापाले बताए ।   साथै कोरोना जोखि रहेको भन्दै सामाजिक दुरी कायम गर्न र घरमै बसेर मनाउन पनि प्रहरीले  आग्रह गरेको छ  । यस्तै कुनै पनि घटना भएमा वा घटना हुन सक्ने आशंका भएमा नजिकको प्रहरी कार्यालय वा कन्टोलमा  १०० फोन नर्ग पनि प्रहरी प्रमुख थापा क्षेत्रीले सम्पुर्ण आम नागरिकलाई आग्रह गरेका छन ।