बिहिबार , कार्तिक ४, २०७८

अनौठो सं’ योग ,माधव नेपाललाई पनि जन्मदिनमा सर्वोच्चले दियो नमिठो उपहार

फागुण २३, २०७७ आइतबार 20

अनौठो सं’ योग ,माधव नेपाललाई पनि जन्मदिनमा सर्वोच्चले दियो नमिठो उपहार

काठमाडौ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला गरेको छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीले आफ्नो पार्टीको नामसँग ठ्याक्कै मिल्नेगरी नाम राखेको र

निर्वाचन आयोगले समेत सो नाम उनीहरुलाई पनि दिएको भनी कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

त्यसबारे आज आइतबार फैसला गर्दै अदालतले उनकै पक्षमा फैसला गरेको हो ।

आन्दोलनरत नेकपाका अध्यक्ष नेपालले जन्मदिन मनाइरहेकै बेला सर्वोच्चको यस्तो फैसला आएको हो

संयोग यस्तो परेको छ की, प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै जन्मदिनको दिनमा सर्वोच्चले संसद विघटन गर्ने ओलीको

निर्णय असंवैधानिक भन्दै फैसला सुनाए जस्तै आज माधव नेपाललाई पनि त्यस्तै झट्का दिएको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा एकीकरण प्रक्रियालाई नै सर्वाेच्च अदालतले बदर गरिदिएको छ ।

सर्वाेच्च अदालतले आज आईतबार सुनाएको फैसलापछि अब तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूतिएका छन् । दुबै पार्टी एकीकरण हुने भए सुरुबाटै पुनः एकीकरण प्रक्रियामा जानुपर्ने भएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राख्ने निर्वाचन आयोगको निर्णय सर्वाेच्च अदालतले आईतबार फैसला सुनाउँदै खारेज गरेको हो ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आईतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता भइसकेको अवस्थामा २०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच

एकीकरण भएपछि पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा निवेदक दिइएको थियो ।

निर्वाचन आयोगले नेकपालाई मान्यता दिएपछि आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालत पुगेका थिए ।

सर्वाेच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गर्दै ओली र प्रचण्डको नेकपा नाम खारेज भएको छ ।