भर्खरै विप्लव र केपी ओलीको घो’ षणा , नेपालको पुरै भू भाग फिर्ता ल्याएरै छाड्ने उ’ द्घोष हेर्नुहोस् भिडियो (सेयर गराै)

काठमाडौँ

फागुन २२

नेत्रविक्रम चन्द विप्लवले आफूहरु सहमतिप्रति प्रतिवद्ध रहेको र यसलाई इमानदारी साथ कार्यान्वयन गर्ने बताएका छन् ।

शुक्रबार दिउँसो सरकारसँग भएको ३ बुँदे वार्तामा हस्ताक्षर कार्यक्रममा यस्तो बताएका हुन् ।

यस क्रममा विप्लवले कम्युनिस्टहरु विद्रोही मात्रै नभएर शान्तिका दूत समेत भएको बताए ।

सहिदको सपना र जनताको चाहना पूरा गर्न आफूहरु शान्तिपूर्ण राजनीतिमा फर्किएको बताए ।

केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिलाई उनले ‘घाम र जूनको भेट’सँग तुलना गर्दै भने ‘धेरैले अनेक अनुमान

गरेका छन् तर यो सहमति घाम र जूनको भेट जस्तै हो । त्यो सम्भव बनाएर हामी देखाउँछौँ ।

नेपाल कम्युनिष्ट पार्टीको नामको विषयमा रहेको विवादबारे सर्वोच्च अदालतले आइतबार फैसला सुनाउने भएको छ ।

गत विहीबार फैसला सुनाउने भनिएकोमा पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण मिति सारिएको फैसला सर्वोच्च अदालतले आइतबार सुनाउने भएको हो ।

पूर्वप्रधानन्यायाधीश सिंहको निधनका कारणविहीबार सर्वोच्चसहित देशभरका सबै अदालतमा बिदा दिइएका थिए ।

प्रचण्ड र केपी ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएपछि आफ्नो पार्टीको नाम

चोरिएको भन्दै नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष ऋषिराम कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपाको नामको विवादसम्बन्धी मुद्दामा टुङ्गो लगाउने भनेर यही फागुन १३ गते आदेश गरेको थियो ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal