सोमबार , कार्तिक ८, २०७८

विप्लवलाई प्रधानमन्त्री बनाउँदै, एउटै मन्चबाट गर्जन, भयो हंगामा (हेर्नुहोस भिडियो)

फागुण २२, २०७७ शनिबार 28

विप्लवलाई प्रधानमन्त्री बनाउँदै, एउटै मन्चबाट गर्जन, भयो हंगामा (हेर्नुहोस भिडियो)

भिडियो समचारको अन्त्यमा राखिएको छ, हेर्नुहोस।)

यो पनि पढ्नुहोस: प्रतिनिधिसभा बोलाएकै दिन अन्त्य हुनसक्छ, यस्तो छ खास कारण?

प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभाको विघटनलाई अवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले बैठक बोलाउन आदेश दिएको छ।

फागुन ११ गते सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु गर्न आदेश दिएको

थियो। संविधानको प्रावधान अनुसार एक अधिवेशनदेखि अर्को अधिवेशनको अवधि ६ महिनाभन्दा बढी हुनु हुँदैन।

नेपालको संविधान धारा ७३ मा संसद्को अधिवेशन आव्हान र अन्त्य सम्बन्धी व्यवस्था गरिएको छ।

जसमा एक अधिवेशनदेखि अर्को अधिवेशनको ग्याप ६ महिना पुग्नु हुँदैन भन्ने उल्लेख छ।

त्यही आदेश अनुसार मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिलाई फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेर बैठकसमेत आव्हान भइसकेको छ।

विघटनपछि अनिश्चित बनेको बैठकको तयारी संसद् सचिवालयले धमाधम गरिरहेको छ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यति बेला प्रतिनिधिसभाको बैठकको तयारी द्रुत गतिमा भइरहेको छ।

बोलाएकै दिन अन्त्य हुनसक्ने

प्रतिनिधिसभाको बैठकको तयारी निरीक्षणमा पुगेका सभामुख अग्नि सापकोटाकै भाषामा उत्साहका साथ तयारी भइरहे पनि बैठकको अधिवेशन भने सोही दिन अन्त्य हुने आशंका बढेको छ।

सर्वोच्च अदालतको परमादेशलाई स्वीकार गरेर आफैंले विघटन गरेको प्रतिनिधिसभाको बैठक सरकारले लामोसम्म नचलाउने आँकलन यतिबेला सांसदहरुले नै गर्न थालेका छन्।

१३ दिनभित्र बोलाउन सर्वोच्चले आदेश दिए पनि सरकारले भने एक दिन बैठक सञ्चालन गरेर यो पटकको हिउँदे अधिवेशनको अन्त्य गर्ने चर्चा नेकपाकै सांसदबीच चलेको छ।

सरकारविरुद्ध काँग्रेस र जसपासँग मोर्चाबन्दी गर्न खोजिरहेका दाहाल–नेपालको सम्भावित आक्रमण रोक्न सरकारले संसद् अधिवेशन पहिलो बैठकबाटै गर्ने रणनीति बनाएको हो।

अविश्वास प्रस्ताव दर्ता भएकाबेला सरकारले आफ्नो आयू लम्ब्याउन अधिवेशन अन्त्य गर्नसक्ने प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्री बताउँछिन्।‘

मन्त्रिपरिषद्को निर्णयमा फेरि राष्ट्रपतिले अधिवेशन अन्त्य गर्नसक्ने अवस्था हुनसक्छ, ’फरकधारसँग झाँक्रीले भनिन्, ‘तर

त्यो विषयलाई एक चौथाई प्रतिनिधिसभाका सदस्यहरूले फेरि करेक्सन गर्न भने सक्छन्।’

सरकारले फागुन २३ मै संसद् अधिवेशन अन्त्य गर्नसक्ने सूचना दाहाल–नेपाल नेकपालाई पनि पुगेको छ।

‘प्रधानमन्त्रीले भने जस्तै राष्ट्रपति कलमको बिर्को बन्द नगरी बस्नु भएको हामीले पनि बुझेका छौँ’, दाहाल–नेपाल समूहका एक जना नेताले भने।

‘यो रणनीति प्रधानमन्त्रीले संसद्बाट आउन सक्ने संकट टार्ने प्रयास हो। यसलाई लिएर हामी अहिले पनि काङ्ग्रेससँग संवादमा छौँ।’