भर्खरै सर्वोच्च अदालतले जारी गर्यो यस्तो सुचना, आखिर कसको हुनेभयो नेकपा ?

काठमाडौं

फागुन २२

नेपाल कम्युनिष्ट पार्टीको नामको विषयमा रहेको विवादबारे सर्वोच्च अदालतले आइतबार फैसला सुनाउने भएको छ ।

गत विहीबार फैसला सुनाउने भनिएकोमा पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण मिति सारिएको फैसला सर्वोच्च अदालतले आइतबार सुनाउने भएको हो ।

पूर्वप्रधानन्यायाधीश सिंहको निधनका कारणविहीबार सर्वोच्चसहित देशभरका सबै अदालतमा बिदा दिइएका थिए ।

प्रचण्ड र केपी ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएपछि आफ्नो पार्टीको नाम

चोरिएको भन्दै नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष ऋषिराम कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपाको नामको विवादसम्बन्धी मुद्दामा टुङ्गो लगाउने भनेर यही फागुन १३ गते आदेश गरेको थियो ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal