सोमबार , कार्तिक ८, २०७८

सरकारमा जानुपर्छ, तर ओलीलाई साथ दिन सकिन्न – शेर बहादुर देउवा

फागुण २२, २०७७ शनिबार 58

सरकारमा जानुपर्छ, तर ओलीलाई साथ दिन सकिन्न – शेर बहादुर देउवा

काठमाडौँ

नेपाली कांग्रेसका अधिकांश सांसदले नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षसँग मिलेर सरकारको

नेतृत्व गर्नुपर्नेमा जोड दिए पनि औपचारिक निर्णय लिन सकेन । शुक्रबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा धारणा

राख्ने २९ जना सांसदमध्ये सबैले संविधानको रक्षाका लागि दाहाल नेपाल पक्षसँगको सहकार्य कांग्रेसका लागि उपयुक्त हुने सुझाव दिएका थिए।

अधिकांश सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिसभा वि’घटन गर्ने कार्य प्रतिगामी र संविधान माथिको आ’क्र मण भएको बताएका थिए ।

सांसदहरुले सुझाव दाहाल नेपाल पक्षसँग मिलेर अघि बढ्न सुझाव दिए पनि नेतृत्व भने पर्ख र हेरकै रणनीतिमा रहेको छ।

बिहीबार बसेको पदाधिकारी बैठक संसदीय दलको बैठक सांसदहरुको धारणा सुनेर निर्णय लिने भन्दै उठेको थियो।

तर शुक्रबार संसदीय दलमा सांसदहरुले क्लियर लाइन दिँदा पनि निर्णय गर्न सकेन ।

परिस्थिति परिपक्व नभएको भन्दै कांग्रेसले भावी सरकारबारे निर्णय गरेन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

नि’कट सांसदहरुले नै सरकारमा जानुपर्ने बताएका छन् । तर

असंवैधानिक रुपमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन नसकिने प्रष्ट मत राखेका छन् ।