सोमबार , मंग्सिर १३, २०७८

बिदेशी मुलुकले हस्तक्षेप वा हमला गर्न खोजे हाम्रो जीवन माटोमा गाडिने छ तर कदापी झुक्ने छैन- विप्लव

फागुण २१, २०७७ शुक्रबार 76

बिदेशी मुलुकले हस्तक्षेप वा हमला गर्न खोजे हाम्रो जीवन माटोमा गाडिने छ तर कदापी झुक्ने छैन- विप्लव

काठमाडौ ।

००७ सालदेखि आजसम्म खण्डखण्डमा नेपाली समाज रुपान्तरण हुँदै आएको छ । तर त्यो पूर्ण भएको छैन ।

आज पनि नेपालका मजदुरहरुको स्थान कमजोर छ । किसानहरुको स्थिति बेहाल छ ।

दलित, महिला, उत्पीडित समुदाय सन्तुष्ट छैनन्,’ चन्दले भने, ‘जहाँजहाँ हाम्रा असहमति रहे दृढतापूर्वक राख्यौं ।

संविधानमा व्याख्या गरिएको संसदीय व्यवस्था, पुँजीवादी व्यवस्थाको बहुदलीय व्यवस्थाको व्याख्या भयो ।

त्यसमा हामी सहमत भएनौं । अहिलेको सरकारसँगको कुरा हैन । नेपालको राजनीतिक रुपान्तरणको प्रक्रियामा अलिकति छलफल र बहसहरु भए त्यसमा सहमत हुन सकेनौं ।

र आफ्नो तर्फबाट विद्रोह गर्यौं । हामी अगाडि बढेकै हो ।’ अझै पनि नेपालमा कसैले सुरक्षित अनुभूति गर्ने स्थिति नबनेको

चन्दले जनताले के चाहन्छन् फैसला गर्ने वातावरण बनाउनु पर्ने उनले बताए ।

‘नेपालमा आज पनि कसैले सुरक्षित अनुभूति गर्ने स्थिति छैन । सबै नेता, पार्टी, जनतालाई आफ्नो जीवनमाथि आफै हाबी

भइराखेको जस्तो अनुभूति भइरहेको छैन । हरेक घटनाक्रममा तरंग छ । हामी त झुपडीभित्र बसेर आयौं ।

झुपडीमा पनि त्यो छ । महलमा पनि त्यो छ । सहरमा पनि छ, गाउँमा पनि छ । जसरी हामी प्रयोग गर्दै आएका छौं, यो ठिकै होला ।

तर, एकपटक फेरि जनतालाई नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ । के चान्छन् जनताले ? गम्भीरतापूर्वक छलफल गर्नैपर्छ । हामी सहकार्य गर्न तयार छौं,’ चन्दले भने ।

वैदेशिक हस्तक्षेप भए पनि आफूहरु नझुक्ने पनि उनले बताए । ‘कसैले हामीलाई हस्तक्षेप गर्यो भने कुनै विदेशीले हामीलाई

हमला गर्‌यो , हेप्न खोज्यो भने हाम्रो जीवन यही धर्तीमा गाडिन्छ,’ चन्दले भने, ‘तर झुक्ने छैनौं । हाम्रो प्रतिबद्धता छ ।’ पूरा भिडियो हेर्न तलको लिंकमा जानू होला ।