समाचार
यसकारण प्रधानमन्त्री ओली बामदेवलाई भेट्न भैसीपाटि पुगे , राजनीतिक फेरी उथलपुथल हुने आशंका
२१ फागुन
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका नेता बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटीमा पुगेका छन् ।
शुक्रबार साँझ प्रधानमन्त्री ओली भैंसेपाटी पुगेका र बामदेवसँग छलफल भइरहेको बामदेव निकट एक नेताले जानकारी दिए ।
नेकपा दुई समूहमा विभाजित भएका बेला बामदेव गौतमले आफू दुबै समूहमा नलाग्ने भनी पार्टी एकता अभियान घोषणा गरेका छन् ।
फागुन २३ गते संसद अधिवेशन बोलाइसकेको अवस्थामा नेकपाको ओली समूह र प्रचण्ड– माधव समूह आफ्नो पक्षमा सांसदको बहुमत पु¥याउन क्रियाशील छन् ।
त्यसै विषयमा छलफल गर्न प्रधानमन्त्रीले उनलाई भेटेको अनुमान गरिएको छ ।
यसअघि नेकपा विवाद उत्कर्षमा पुगेका बेला गत साउनमा पनि ओली बामदेवलाई भेट्न उनको निवासमा पुगेका थिए ।