Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

बर्दियामा ट्रकको ठक्करबाट महिलाको निधन

बर्दिया । बर्दियाको बासगढी नगरपालिकामा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । साथै मोटरसाइकल चालक गम्भीर घाइते भएका छन ।
पूर्वपश्चिम राजमार्गमा पर्ने बासगढी नजिकै भे १ प ८०४३ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको जनाईएको छ । ट्रक अहिले प्रहरी नियन्त्रणमा रहेको छ ।
ठाकुरबाबा नगरपालिका वडा नं. ९ कि अन्दाजी २६ बर्ष की लालि थारुको अाज घटना स्थलमै मृत्यु भएको हो ।
उक्त घट्ना घट्नुमा रमिते सरकार र सम्बन्धित निकायको चरम लापरबाही भएको स्थानीयको गुनासो रहेको छ । मुख्य सडकमा विभिन्न ठाउँ ठाउँमा खाल्डाखुल्डी हुँदा पनि समयमै मर्मत नहुदा यस्ता घटना दिनहुँ घटी रहने सर्वसाधारणको भनाइ रहेको छ । साथै यो घटना त एउटा प्रतिनिधि मुलक घटना मात्र हो ।                                                        -जनपथ