समाचार

सरकारसँगको सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ : विप्लव

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग भएको सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना भएको बताएका छन् ।

राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा

सम्बोधन गर्दै उनले भने, ‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन, केही नेताहरुको

कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ, यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ ।’

उनले देशमा दीर्घ शान्ति, समृद्धिको आकांक्षा पनि यो सहमतिमा रहेको बताएका छन्।

‘यो सहमति केवल नेपाल सरकार र नेपालीबीचको मात्र हैन, पार्टीको कुरा पनि हैन, केही नेताहरूको मात्र कुरा हैन,’ उनले

भने। उनले कम्युनिष्टहरू विद्रोहमात्र गर्दैनन् भन्दै कम्युनिष्टहरू शान्तिका दूत पनि भएको बताए।

Related Articles

Back to top button