दिल्लीबाट फर्कने बित्तिकै बाबुराम भट्टराईको बोली फेरियो, भने तुरुन्तै ओलीलाई हटाएर अब….
काठमाडौँ
स्वास्थ्योपचार सकेर भारतको नयाँ दिल्लीबाट स्वदेश फर्किएका डा. बाबुराम भट्टराईले बोली फेरेका छन् ।
उनले पनि प्रचण्ड ले झैं भारतलाई सहज लाग्ने खालको भाषा बोलेका छन । उनले राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्नुपर्ने
प्रस्ताव राखेका छन् । यस्तो बिचार डा. बाबुरामले सामाजिक सञ्जाल ट्विटरमार्फत राखेका हुन् ।
उनले देशको स्वास्थ्यले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै समाधानको लागि फर्गिभ र फर्गेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार
निर्माण गर्नुपर्ने बताएका छन् । बाबुराम लेख्छन्, दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो ।
यसो गरौं न १. ऐलेको समस्याको जरो ०६५/६६ पछि भत्केको राजनीतिक सहमति हो । बाटो बिराए पुरानै
ठाउॅमा फर्कनू भने झैं एक पटक फरगेट एण्ड फरगिभको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसंगै यी काम गरौं ।
टिआरसी लगायत शान्तिप्रक्रियाका बॉकी काम पूरागरौं । सहमतिले संविधान संशोधन गरौं । संवैधानिक अं
गहरूलाई निष्पक्ष बनाएर सुशासन दिऊॅ । समावेसी समृद्धिको वृहद गुरूयोजना बनाएर कार्यान्वयन गरौं ।
विश्व छिमेकमा बदलिदो भूराजनीतिलाई ध्यान दिंदै मुख्यत भारत, चीन, अमेरिकासंग असल सम्बन्ध बनाऊॅ ।