समाचार

ओली पक्षसँग १०० भन्दा धेरै सांसद रहेको खुलासा, संसद् विघटनको कारण खुल्यो (यस्तो छ रहस्यमय कारण)?

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आफुसँग एक समय भन्दा धेरै सांसद भएको दावा गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसद रहेको दाबी गर्नुभएको हो ।

संसदमा आवश्यक परे त्यो देखाउन आफूहरू तयारी अवस्थामा रहेको भट्टराईले चुनौती दिनुभयो ।

प्रमुख सचेतक भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसद रहेको जिकिर गर्नुभएको हो ।

प्रधानमन्त्री ओली अल्पमतमा भएको भनेर बाहिर हल्ला चलाइएको भए पनि सत्य केही फरक रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओली अहिले पनि बहुमतमा भएको बताइएको छ । आवश्यक पर्दा आफुहरु त्यो देखाउन तयार भएको पनि जनाउनुभयो ।

जनताले नेकपालाई झण्डै दुई तिहाइ बहुमत दिएर पठाएको तर पार्टीभित्रकै केही नेताहरूको स्वार्थका कारण दुई वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरू भएको उहाँको आरोप छ ।

उहाँले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने खेल सुरू भएको आभाष पाउनेबित्तिकै आत्मसमर्पणको सट्टा संसद् विघटन गर्नुपरेको जनाउनुभयो ।

प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरू पार्टीलाई जनस्तरसम्म लिएर जान सफल भएको पनि उहाको भनाइ छ ।

सर्वोच्च अदालतले पुस ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको फैसलालाई आफूहरूले सम्मान गर्ने पनि उहाले सुनाउनु भयो ।

उहाले सर्वोच्च अदालतको फैसलाबमोजिम सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेका लागि बोलाउन सिफारिस गरिसकेको जानकारी दिनुभयो

सर्वोच्च अदालतले पुस ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको फैसलालाई आफूहरूले सम्मान गर्ने पनि उहाले सुनाउनु भयो ।

उहाले सर्वोच्च अदालतको फैसलाबमोजिम सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेका लागि बोलाउन सिफारिस गरिसकेको जानकारी दिनुभयो

Related Articles

Back to top button