सोमबार , अषोज ११, २०७८

जब प्रधानमन्त्री ओलीले चिडियाखाना गएर चिपान्जी ओ काले ओ काले भनेर बोलाए……..

फागुण १९, २०७७ बुधबार 47

जब प्रधानमन्त्री ओलीले  चिडियाखाना गएर चिपान्जी ओ काले ओ काले भनेर बोलाए……..

काठमाडौँ

प्रधानमन्त्री केपी ओलीले ललितपुरको जावलाखेलमा रहेको चिडियाखानाको अवलोकन गरेका छन् ।

बुधबार जावलाखेल पुगेर ओलीले चिडियाखानाको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले रोचकताका साथ वन्यजन्तु र चराचुरुङ्गीको अवलोकन गरेका हुन् ।

वन्तजन्तुको अवलोकन गर्दै भालु भएका ठाउँमा पुगेर ओलीले, ‘ओ भालु, एता हेर…ओ भालु उता हेर..’ भन्दा उनीसँगै गएका सबै हाँसेका थिए ।

वन्यजन्तुलाई रोचक ढंगले बोलाएका प्रधानमन्त्री ओलीले चिपान्जी भएको ठाउँमा पुगेर, ‘ओ काले, ओ काले…’ भन्दै बोलाए ।

चिडियाखाना प्रवेश गरे लगत्तै प्रधानमन्त्रीलाई हात्तीले स्वागत गरेको थियो । आफूलाई स्वागत गर्ने हात्तीलाई उनले फलफूल खुवाए ।

ओलीले केरा र स्याउ खुवाएर हात्तीलाई खुसी बनाएका हुन् । अवलोकनसँगै प्रकृति संरक्षण कोषका संरक्षकसमेत रहेका ओलीले चिडियाखाना परिसरमा प्रतिस्थापन गरिएको शिलापत्रसमेत अनावरण गरेका छन् ।

२०५२ साल पुस १४ गते स्थापना भएको सदर चिडियाखानाको व्यवस्थापन गर्ने जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राप्ग

रेको २५ औं वर्ष पुगेको अवसरमा बुधबार विषेश कार्यक्रम गरिएको हो ।