सोमबार , कार्तिक ८, २०७८

प्रचण्डलाई जुत्ता हा’न्नेले खोले यस्तो नामको नयाँ पार्टी

फागुण १९, २०७७ बुधबार 22

प्रचण्डलाई जुत्ता हा’न्नेले खोले यस्तो नामको नयाँ पार्टी

काठमाडौं ।

गत वर्ष नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सार्वजनिक कार्यक्रममा जुत्ता प्र हार गरेर चर्चामा आएका रतन तिरुवाले नेपाल श्रमिक पार्टी खोलेका छन् ।

अघिल्लो वर्ष आजैका दिन जुत्ता प्रहार गरेका तिरुवाले त्यहि मिति जुराएर नयाँ पार्टी दर्ता गरेका हुन् ।

आज पार्टी दर्ताको जानकारी गराउँदै वितरित प्रेस विज्ञप्तिमा मुलुकको आर्थिक,सामाजिक र राजनीतिक संकट समाधानको लागि श्रमिक पार्टीको स्थापना भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘नेपाली श्रमजीवी वर्गका जनताको हक,हित र अधिकार सुनिश्चित गर्न नयाँ पार्टी दर्ता गरिएको हो ।’

माक्सवाद, लेनिनवादी विचारधारालाई देशको वस्तुगत परिस्थिति अनुसार अघि बढ्ने प्रतिवद्वताको साथ नेपाल श्रमिक पार्टी स्थापना भएको छ ।

रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टी स्थापना भएको नवगठित पार्टीका अध्यक्ष रतन तिरुवाले जानकारी दिएका हुन् ।

कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष तिरुवाले वर्तमान संकटलाई निकास दिनको लागि बहुसंख्यक श्रमिकहरुले एकपटक फेरी संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने,‘वर्तमान संकटलाई निकास दिनको लागि नेपाल श्रमिक पार्टी स्थापना भएको छ ।’

उनले जातिय विभेद तथा छुवाछुतबाट दिनहँु हजारौँ मानिसहरु अपमानित हुनु परेको दुखेसो पोखे । उनले महिलामाथि हुने शोषण तिव्र रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

राज्यको पहँुचबाट टाढा रहेका जाति तथा समुदायको हकहित र अधिकार दिनप्रतिदिन खोसिरहेको अनुभुति भैरहेको छ, तिरुवाले भने ।

तिरुवाले आजको युग र आवश्यकतालाई मध्य नजर गर्दै नेपाल श्रमिक पार्टी नेपाली श्रमजिवि वर्गका जनताहरुको हकहित र अधिकार सुनिश्चित् गर्नको निम्ति स्थापना भएको नयाँ राजनैतिक पार्टी भएको जिकिर गरे ।

उनले पार्टीको रणनीतिक लक्ष्य (वैज्ञानिक समाजवाद) साम्यवाद भएको बताए । र, मार्गनिर्देशक सिद्धान्त माक्सवाद, लेनिनवाद भएको पनि जनाईएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘नेपाल श्रमिक पार्टीले माक्सवाद, लेनिनवादी विचारधारालाई आफ्नो देशको वस्तुगत परिस्थिति अनुसार लागु गर्नेछ ।’

नेपाल श्रमिक पार्टीका अध्यक्ष रतन तिरुवाले जारी गरेको विज्ञप्तिमा पार्टीको संगठनात्मक सिद्धान्तबारे जनवादी केन्द्रीयताको सिद्धान्तलाई नै अनुसरण गरिने लेखिएको छ ।

जसअनुसार व्यक्ति संगठनको मातहतमा रहने, अल्पमत बहुमतको मातहतमा रहने, तल्लो स्तरका समिति माथिल्लो

स्तरको समितिको मातहतमा रहने र सम्पूर्ण केन्द्रीय सदस्यहरु केन्द्रीय समितिको मातहतमा रहनेछ ।