Sunday, October 25सुदुर मिडिया द्वारा संचालित
Shadow

६५ औ प्रहरी दिवसको अवसरमा बैतडीका प्रहरी प्रमुख अधिकारी पुरस्कृत

 

बैतडी असोज ३०
६५ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक नारायण प्रशाद अधिकारी पुरस्कृत हुनु भएको छ । सुदूरपश्चिम प्रदेस प्रहरी कार्यालयबाट उत्कृष्ट काम गरे बाफत नगत सहित सम्मानीत हुनु भएको हो । स्याङ्जा घर भएका प्रहरी उपरिक्षक बैतडी आएको ५ महिना मात्रै भएको छ ।
बैतडीमा ५ महिनाको अवधिमा जिल्लामा सान्ती सुरक्षा स्थापना गर्न र अपराधिक घटना न्युनिकरण गर्न र संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान गरी पिडितलाई न्याय दिन अग्रणी भुमिका खेल्नु भएको प्रदेस प्रहरी कार्यालयका प्रबक्ता, प्रहरी बरिस्ट उपरिक्षक ९एसएसपी० मुकेस कुमार सिहले रेडियो सेभेन स्टारलाई जानकारी दिनुभयो । “बैतडी उहा गए देखि जिल्लाका ग्रामिण भेगमा रहेका प्रहरी चौकीको ब्यापक अनुगमन गर्नुभयो, प्रहरी परिचालन पनि अत्याधिक गर्नु भएको छ, उहाले भन्नुभयो, जिल्लामा सान्ती सुरक्षा र अपरधिक घटना न्युनिकरणका लागि अहम भुमिका खेल्नुभएको पुरस्किृत हुनुभएको हो ।”