बिनयकी हुनेवाला श्रीमतीले भनिन् यस्तो
काठमाडौ ।
विनयजंग बस्नेत अहिले प्रहरी हिरासतमा छन् । बिबिसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरका
बारेमा अनर्गल कुरा गरेपछि उनी विरुद्ध उजुरी परेको हो । सपनाले विनयजंग विरुद्ध उजुरी दिएकी हुन् ।
विनयजंघका बारेमा सपनाका बुवा आमाले पनि केही कुरा सार्वजनिक गरेका थिए ।
छोरी मानेकी सपनालाई रातीमा खुट्टा मालिस गर्न लगाउने गरेको आरोप सपनाका आमाबुवाको थियो ।
तर विनयजंगको प्रेमिका भनिएकी पुजा विश्वकर्माले भने विनयजंगले नै सपनाको खुट्टा मालिस गरेको आफुले देखेको बताएकी छन् ।
नेपालगन्जमा आफुहरु संगै बस्दा विनयजंगले सपनालाई छोरी भन्दै उनको खुट्टा मालिस गरेको आफुले देखेको बताएकी छन् ।
आफुले छोरी मान्दै आएकी सपनाका बारेमा अनावश्यक टिप्पणी गर्दै उनले मोवाइलमा सपनाको अ श्लि ल तस्बिर भएको भन्दै सार्वजनिक गरिदिने ध म्की दिएका थिए ।
उनले सपनालाई अनेक लाच्छना पनि लगाएका थिए । सपनाको साथ दिनेहरुलाई पनि सि ध्याइ दिन्छु भन्दै दिएको अन्तरवार्ता नै सार्वजनिक भए पछि सपनाले उजुरी दिएकी थिइन् ।
सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन् ।
उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर निवेदन दिएकी थिइन् । ।
बस्नेतले युट्युबमा सपना रोका मगरका नां गा तस्वीर देखाइदिने भन्दै ध म्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।
बस्नेत वेवारिसे शव ब्यवस्थापनको काम गर्छन । उनको संस्थामा आवद्ध भएर सपनाले पनि केही महिना संगै काम गरेकी थिइन् ।
त्यसपछि सपनाले आफ्नो छुट्टै संस्था दर्ता गरेर काम अघि बढाएपछि उनीहरुबीच सम्बन्ध विग्रिएको थियो ।