Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

रुकुम पश्चिमका काेराेना संक्रमणका कारण पहिलोपटक एक जनाकाे निधन

 

रुकुम पश्चिम असोज ३० गोपाल सिंह खड्का

रुकुम पश्चिममा काेराेना संक्रमणका कारण पहिलोपटक एक जनाकाे ज्यान गएकाे छ ।नेपालगन्ज मेडिकल कलेज काेहलपुरमा उपचाररत रुकुम पश्चिम चाैरजहारी १४ निवासी ३३ बर्षका एक पुरुषको काेराेनाका कारणले ज्यान गएको हाे ।शुक्रबार बिहान पाँच बजे उनको निधन भएको हाे अस्पतालले पुष्टि गरेको छ ।

।अस्पतालले एक विज्ञप्ति निकाल्दै बाँके जिल्लामा उपचारको लागि बाहिर जिल्ला बाट उपचारकाे लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरमा भर्ना भएका काेराेना संक्रमित थप एकजनाकाे ज्यान गएको बताएको हाे ।

अस्पतालका अनुसार निजलाइ स्वास्थ समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज अस्पताल काेहलपुरमा गएको असाेज २१ गते भर्ना गरिएकाे थियो ।

काेराेना भाइरस संक्रमितकाे उपचारको लागि गर्नुपर्ने सबै पद्धति अपनाउदा पनि निजको स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार बिहान पाँच बजे निधन भएको अस्पतालले जनाएको छ । यस अघि रुकुम पश्चिममा काेराेनाकाे कारणले कसैको ज्यान गएको थिएन ।