Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

प्रदेश सासदलाई कालाेझण्डा पर्दशन

रूपन्देहि कार्तिक १- रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने लुम्बिनी प्रदेशका पर्यटनमन्त्री लिला गिरी आउने कार्यक्रम थियाे । तर नेपाली काँग्रेसले शुद्धोधनमा कालाेझण्डा देखाउने सुइकाे मन्त्रीले पाएपछि कार्यक्रमका प्रमुख अतिथि नै फेरिए ।

मन्त्रीकाे सट्टा साे गाउँपालिकाको नवनिर्मित भवनको रिवन काट्न लुम्बिनी प्रदेशका नेकपाका सांसदलाई तुल्सी प्रसाद चौधरी आए । सोहि कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीको निर्देशनमा काँग्रेस शुद्धोधनले विरोध गर्दै प्रदेश सांसद तुल्सी प्रसाद चौधरीलाई कालाेझण्डा देखाएका छन् ।

चाैधरीले प्रदेशको राजधानी दाङ सार्ने प्रस्तावको पक्षमा मतदान गरेको,र जनमतकाे अपमान गरेकाे भन्दै काँग्रेसले कालाेझण्डा देखाएकाे जनाएकाे छ ।

साथै काँग्रेसका निर्वाचित जनप्रतिनिधिले समेत उक्त कार्यक्रम बहिस्कार गरेका छन। काँग्रेसले भवनको उद्घाटनकाे बिराेध नभई राजधानी सार्ने पक्षमा भााेट हाल्ने नेकपाका सांसदकाे बिराेध गरेकाे जनाएकाे छ ।