देश जोगाउन राजसंस्था र सनातन हिन्दुराष्ट्र चाहिने कुरा प्रष्ट भयो: अध्यक्ष राणा

काठमाडौँ

राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले देश र प्रजातन्त्र जोगाउन राजसंस्था र हिन्दुराष्ट्र अपरिहार्य भएको बताएका छन्।

अध्यक्ष राणाले शनिबार राप्रपानिकट युवा संगठनको भेलालाई सम्बोधन ।

गर्दै हिन्दू राष्ट्रको आधार र राजसंस्थाको अभिभावकिय भूमिकाले नै देश र प्रजातन्त्रको हित हुने बताएका हुन्।

प्रजातान्त्रिक पद्धति सबल तुल्याउन निष्पक्ष राष्ट्र प्रमुखको रुपमा राजसंस्था र सनातन हिन्दुराष्ट्र आवश्यक देखिएको छ।पछिल्लो घटनाक्रमले हिन्दुराष्ट्रको आधार र

राजसंस्थाको अभिभावकीय भूमिका झन् टड्कारो भएको छ उनले भने राणाले प्रजातन्त्र जोगाउन दलभन्दा माथि रहने

राजसंस्था र हिन्दुराष्ट्रको आधार अपरिहार्य भएको बताए।देशको राजनीतिमा नैतिकपतनको प्रश्न पेचीलो बन्नु चिन्ताको विषय भएको भन्दै राणाले चिन्ता व्यक्त गरे।

साम्यवादी पार्टीले जनादेश विपरीत काम गरेको भन्दै राणा सत्तारुढ नेकपाको खरो आलोचना गरे।

नेकपा नेतृत्वको सत्ताकेन्द्रीत स्वार्थको कारण देश, संविधान संकटउन्मुख छ। सत्तारुढ दलले विगतका गल्तीबाट पाठ सिक्नु पर्दछ उनले भने।

प्रजातन्त्रलाई जनमुखी बनाएर बेरोजगार, भ्रष्टाचार र विकृतिको अन्त्य गर्नु पर्नेमा राणाले जोड दिए।

अर्का अध्यक्ष कमल थापाले आसन्न संकट दूर गर्न युवाहरु नेतृत्वमा आउनु पर्ने विचार राखे। वर्तमान संकटका लागि कांग्रेस र कम्युनिष्ट जिम्मेवार रहेको उनको जिकिर थियो।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal