सोमबार , कार्तिक १, २०७८

सांसद् खरिदका लागि ओली पक्ष सुटकेश बोकेर हिँड्न थाल्यो हेर्नुहोस्

फागुण १५, २०७७ शनिबार 36

सांसद् खरिदका लागि ओली पक्ष सुटकेश बोकेर हिँड्न थाल्यो हेर्नुहोस्

काठमाडौँ

नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना भएसँगै केपी ओलीले नैतिकता आधारमा

प्रधानमन्त्री पदबाट राजीनामा नदिइ पदमा टाँसिएर बसेको भन्दै आक्रोश पोखेका छन् ।

शनिबार गृहजिल्ला गोरखाका अगुवा नेता कार्यकर्ताहरूसँगको छलफलमा उनले ओली पक्ष सांसद खरिदका लागि सुटकेस बोकेर हिँडेपछि उनीहरुको योजना कुनैपनि हालतमा सफल हुन नसक्ने बताए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान र देशको पक्षमा साहसिक फैसला गरेको टिप्पणी गर्दै उनले न्यायालयमाथि जनताको भरोसा अझ बढेर गएको बताए ।

उनले भने संसद पुनस्थापनासँगै सबै चिज ठीकठाक र सरल हुन्छ भन्ने छैन ।

ओलीले एकपछि अर्को जसरी अनैतिक कार्यको श्रृखंला अगाडि बढाएका छन् । यसप्रति हिजो आन्दोलनरत पक्ष सबै चनाखो रहनुपर्ने हुन्छ ।

अब नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुने बताउँदै उनले भने , मलाई पूरा विश्वास छ, नेपाली कांग्रेस, जसपा लगायतका

राजनीतिक दलहरुले कुनै पनि हालतमा ओलीको योजनालाई साथ दिने छैनन् ।