समाचार

सूर्य चिन्ह ओलीकाे हाे, जंगली प्रचण्डले मेरो हो भन्न मिल्दैन: टाेपबहादुर रायमाझी

काठमाडौँ

नेकपा नेता एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले सूर्य चिन्ह नेकपाकाे मात्र भएकाे बताउनु भएकाे छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पार्टीले बाहेक अरू कसैले पनि सूर्य चिन्ह दाबी गर्न नमिल्ने उहाँकाे भनाइ छ’ । नेपाल पाँचथरले शुक्रबार फिदिम बजारमा

गरेकाे बृहत् जनसभामा बाेल्दै मन्त्री रायमाझीले सूर्य चिन्हमा आँखा नलगाउन प्रचण्ड समूहलाई चेतावनी समेत दिनुभयाे  ।

उहाँले प्रश्न गर्नुभयाे– प्रचण्डले अहिलेसम्म सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन, जुन चिन्ह आफूले प्रयोग गरेको छैन, त्यही चिन्ह कसरी दाबी गर्न मिल्छ ?सूर्य चिन्हबाट चुनाव लड्ने

हाे भने प्रधानमन्त्री ओलीले टिकट दिनुपर्ने पनि उहाँले बताउनुभयाे’ ।

प्रचण्डले हसिया हथौडा चुनाव चिन्ह माग्नु सुहाउने बताउँदै उहाँले भन्नुभयाे– प्रचण्ड समूहले हँसिया बरु हसिया हथौडा

चुनाव चिन्ह माग्न सुहाउँछ, सूर्य चिन्हबाट चुनाव लड्ने हो भने प्रधानमन्त्री केपी ओलीले टिकट दिनुपर्छ ।

प्रचण्ड समूह चुनावमा जान डराएकाे भन्दै उहाँले साे समूहले अहिले जनतामाथि भ्रम फैलाउने काम मात्र गरेकाे बताउनुभयाे’ ।

शेरबहादुर देउवा-ओली सेटिङको शासन चल्न दिइन्न– गगन थापा नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै सेटिङमा

शासन चलाउन खोजेको आरोप लगाएका छन् । थापाले यस्तो सेटिङमा शासन चलाउन नदिने पनि बताएका छन‘।

सामाजिक संजाल फेसबुकमा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको साँठगाँठ भएको संकेत गर्दै मुलुकमा हुकुम र सेटिङको शासन चल्न नदिने बताएका हुन।

लगातार ओली पक्षलाई सहयोग पुग्नेगरी पार्टीलाई अनिर्णयको बन्दी जस्तै बनाएका देउवाले शुक्रबार नुवाकोटमा आयोजित कार्यक्रममा पार्टी नेताहरुप्रति आक्रोश व्यक्त गर्दै ओलीका

कदमलाई सहयोग पुग्ने गरी अभिव्यक्ति दिएका थिए । देउवाको उक्त अभिव्यक्तिपछि सामाजिक संजालमा तिखो

टिप्पणी गरेका हुन् । उनले भनेका छन्मे रो हुकुम नै शासन हो भनेर प्रधानमन्त्री २००७ सालअघिका श्री ३ जस्तो बन्न खोजेको यो घडीमा नेपाली कांग्रेस पनि २००७ सालको जस्तै दृढ

संकल्पित, साहसी र जुझारु भएर भन्नुपर्छ, यहाँ हुकुमको शासन पनि चल्न दिइन्न, सेटिङको शासन पनि चल्न दिइन्न ।

 

Related Articles

Back to top button