एक महिलालाई शौचालयमा बस्दा स’र्पले अचानक टो’ केपछि…

काठमाडौँ

एउटी महिलालाई शौचालयमा बस्दा स’र्पले टो’किदिएको एक स’र्पविज्ञले बताएका छन्।

ती ५९ वर्षकी महिला हेलेन रिचर्ड्स मङ्गलवार ब्रिस्बेन सहरस्थित आफ्नोनातेदारको घरमा गएका बेला त्यहाँको अँध्यारो शौचालयमा वि’ष नभएको स’र्पले उनलाई टो केको थियो।

ती महिलालाई शरीरको तल्लो भागमा कार्पेट पाइथन जातको पाँच फुट लामो स’र्पले टो’केपछि घा’उ लागेको छ।

उक्त स’र्प समात्ने एक सर्पविज्ञका अनुसार गर्मीको मौसममा पानी जमेर रहने शौचालयको प्यानभित्र स’र्पहरू लुकेर बस्नु सामान्य हो।

स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै ती महिला हेलेन रिचर्ड्सले आफूलाई चस्स घो’चेको जस्तो अनुभव भएको बताइन्।

उनले भनिन्म  शौचालयमा बसेकी मात्रै थिएँ, टो’केकोजस्तो अनुभव भयो। म सुरुवाल तल झारेकै अवस्थामा अ’त्तालिएर उठेँ र फर्केर हेरेको त शौचालयको प्यानमा लामो घाँटी भएको कछुवा जस्तो लाग्ने जनावर देखेँ।

स’र्पले टो’केपछि त्यसको घा’उमा उनले एन्टिसेप्टिक लगाएको उक्त स’र्प समातेकी ज्यास्मिन जेलेनीले भनिन् र कार्पेट पाइथन प्रजातिको स’र्प समान्यतया वि षालु नहुने बताइन्।

जेलेनीले भनिन्,”शौचालयको कमोडमा जमेको पानीमा बसिरहेको स’र्प, हेलेन रिचर्डस् उक्त कमोडमा बस्दा त्यस्लाई डर लागेर आ’क्रमण गरेको हुनुपर्छ।

प्राय: अस्ट्रेलियाको पूर्वी तटमा कार्पेट पाइथन पाइन्छ।ती स’र्प वि’षालु नभए पनि तिनले टो’केमा टेटानसको खोप लगाउन सल्लाह दिने गरिन्छ।

यो पनि पढ्नुहोस्

शरीरबाट ३५ किलो उन निकालेपछि बदलियो ‘बाराकको रूप !अष्ट्रेलियामा एउटा भेडो अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारको विषय बनेको छ।

केहीदिनअघि उद्धारकर्ताले फेला पार्दा त्यो भेडाजस्तो होइन अनौठो जनावरजस्तो देखिएको थियो। उसको शरीर उनले यसरी ढाकिएको थियो कि राम्ररी आँखा पनि देख्न सक्दैनथ्यो।

उद्धारकर्ताले बाराक नाम दिएको उक्त भेडो मेलबर्नदेखि ६० किलोमिटर उत्तरमा भेटिएको थियो।

स्थानीयहरूले एड्गर्स मिसनका उद्धारकर्तालाई बाराकबारे जानकारी दिएका थिए। बाराकको शरीरबाट उद्धारकर्ताले झन्डै ३५ किलोग्राम उन निकालेका छन्।

वर्षौंदेखि शरीरमा थुप्रिएको उनले बाराकलाई मृत्युनजिक पुगिसकेको थियो।

कुनै बेला घरम पालिएको बाराकको पाँच वर्षदेखि रौं नकाटिएको हुनसक्ने उद्धारकर्ताले अनुमान गरेका छन्।

भेडाको शरीरबाट कम्तिमा वर्षमा एक पटक उन निकाल्नुपर्छ नत्र त्यो बढ्दैबढ्दै गएर समस्या हुन थाल्छ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal