नेपालको राजनीतिमा पुनः टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्छ : बाबुराम भट्टराई

काठमाडौँ

१३ फागुन ।

जनता समाजपार्टी (जसपा) का नेता डा बाबुराम भट्टराईले उको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

संसद विघट्नको मुद्धामा सर्वोच्च अदालतले गरेको फैसलापछि नेपालको राजनीति पुनः दल र नेताको कोर्टमा पुगेको बताउनु भएको हो ।

सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै नेता भट्टराईले सुप्रिम कोर्टपछि राजनीति पुनः दल र नेताको कोर्टमा पुगेको बताउनुभएकाे छ ।

उहाँले घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरू हुने खतरा रहेकाे भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्छ ।

देशको आवश्यकता र जनताको चाहना दल र नेताले पाठ सिकून् । नयाँ राष्ट्रिय सहमति गरून् भन्ने छ है । चेतना भया ।”

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal