समाचार

सरकारमा जानेबारे कांग्रेसले गर्यो यस्तो बोल्ड निर्णय, ओली–प्रचण्ड ट्वा !

काठमाडौँ

सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले भावी सरकारको

बारेमा अहिले कुनै पनि धारणा नबनाउने निष्कर्ष निकालेको हो ।

बैठकपछि नेता कृष्णप्रसाद सिटौलाले भने, ‘कांग्रेसले हतार गरेर निर्णय गर्नु काम छैन । संसद् पुनःस्थापनापछि नेकपा एक छ ।

उनीहरुको विवाद कसरी टुंगिन्छ । त्यसपछि हाम्रो भूमिका क्लियर गर्छौं ।’

उनले नेकपाका दाहाल-नेपाल समूह र ओली समूहले भेट्न खोज्यो भने दुवै पक्षसँग भेट्ने, छलफल गर्ने तर अहिले नै कुन

पक्षलाई समर्थन गर्ने भन्ने निष्कर्ष ननिकाल्ने विषयमा एकमत भएको बताए ।

त्यस्तै नेता अर्जुननरसिंह केसीले नेकपा अलग(अलग पार्टी नै बन्ने निश्‍चित नभएसम्म कांग्रेस यो वा त्यो पक्षलाई समर्थन गर्ने भन्ने निर्णय नगर्ने विषयमा समझदारी भएको बताए ।

उनले नेकपा विभाजनको दिशा अगाडि बढेमा छुट्टै बैठक बसेर धारणा बनाउने कान्तिपुरसित बताए ।

नेकपा कुन आधिकारिकता भन्ने विषय निर्वाचन आयोगले टुंग्याउन बाँकी छ ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर

गरिदिएपछि नयाँ सत्ता समीकरण बनाउने खेल सुरु हुँदै छ ।

नेकपा दाहाल-नेपाल समूहले संसद् बैठक सुरु भएपछि प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई पदच्यूत गराउने बाटो

खोजिरहेको छ भने ओलीले आफू प्रधानमन्त्रीमा निरन्तरताका लागि वा आफ्नो पक्षले सरकार सञ्‍चालनको प्रयास गर्ने कसरतमा देखिएका छन् ।

दाहाल-नेपाल समूहले भने कांग्रेस, जसपालगायत दलसँग सत्ता समिकरणका लागि संवाद समेत थालिसकेका छन् ।

Related Articles

Back to top button