मंगलबार , मंग्सिर २१, २०७८

लड्डु खाएर के पाउँदा रहेछन् हेर्नुछ : प्रधानमन्त्री ओली

फागुण १३, २०७७ बिहिबार 112

लड्डु खाएर के पाउँदा रहेछन् हेर्नुछ : प्रधानमन्त्री ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनाको फैसला गर्नुलाई सामान्य घटनाको रुपमा प्रतिक्रिया दिएका छन् ।

बुधबार कृषि मन्त्रालयले सुरुवात गरेको नेपालको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला गरेपछि खुसियाली मनाएका पुष्पकमल दाहाल प्रचण्ड र

माधवकुमार नेपाललाई भाइ सम्बोधन गर्दै कटाक्ष पनि गरेका छन् ।

लड्डु खाएर खुसियाली मनाएका दाहाल र नेपालले के पाउँछन् त्यो आफूले हेर्ने टिप्पणी गरे ।

‘मेरा केही भाइहरुले लड्डु खुवाई खुवाई गरे अरे ।’ उनले भने, ‘जित्यौँ हामीले भनेर लड्डु खाएछन् । के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछन् त्यो चाहिँ मलाई हेर्नुछ ।’

प्रधानमन्त्री ओलीले यतापट्टि चिन्ता गर्नु नपर्ने बताए । ‘को मान्छे कतिखेर के दुर्घटनामा परेर मर्न सक्छ भन्दै उनले भने ‘जबसम्म

बाचिन्छ तबसम्म राम्रो काम गर्ने हो । मरेपछि मान्छे न बेइमान हुन सक्छ न इमान्दार हुन सक्छ ।’

देश विकासको आकांक्षा र संकल्पमा अहिलेसम्म आफूमा कति पनि फरक नभएको ओलीले दावी गरे ।