हेर्दाहेर्दै विमान जलेर खरानी भयो, विमानमा सवार सबैको मृ’ त्यु

एजेन्सी ।

नाइजेरियामा भएको सेनाको विमान दुर्घटनामा त्यसमा सवार सबैको निधन भएको छ ।

विमानस्थलवाट उडेको केही मिनेटमै आगो लागेको थियो । विमानस्थलका कर्मचारीले हेर्दा हेर्दै विमान खरानी भयो भने विमानमा रहेका सबैको निधन भयो ।

त्यस्तो दृष्य आँखा अगाडी हुँदा विमानस्थलका कर्मचारी पनि डराएर चि च्याइरहेका थिए ।

नाइजेरियाको एक विमानस्थलबाट उडेकको केही मिनेटमै सेनाको जेट विमान दुर्घटना भएको हो ।

द सनको रिपोर्टअनुसार इन्जिन फेल भएका कारण विमान दुर्घटना भएको हो ।

विमानस्थल छोड्ना साथ वि ष्फो ट भएको थियो र विमानमा आगो लागेको थियो । विमानमा सवार सेनाका अधिकारीहरु उद्धार मिशनमा जाँदै थिए ।

अ प हर ण मा परेकाहरुलाई उद्दारका लागि उनीहरु जान लागेका थिए ।

त्यसका लागि मिशन चलाइएको थियो । इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरणको कोसिस गरिएको भएपनि त्यो

सफल भएन । विमानमा सवार ७ जना सबैको निधन भएको छ ।

विमानस्थलका एक कर्मचारीका अनुसार आँखैअगाडि यस्तो भीषण दुर्घटना देखेपछि यात्रुहरु आ त्ति एर चि च्या ए का थिए ।

शनिबार अमेरिकामा पनि विमान ठूलो दुर्घटनाबाट बचेको थियो । युनाइटेड एयरलाइन्सको विमान उडेको केही समयमै उउटा इन्जिनमा खराबी भएको थियो ।

विमानस्थल नजिक आइपुग्दा एउटा इन्जिन फेल भएको थियो । विमानका टुक्रा स्थानियका घरमा खसेका थिए ।

तर त्यसमा सवार यात्रु भने सुरक्षित थिए । पाइलटले कुनै मानवीय क्षतिबिना विमान आकस्मिक अवतरण गराएका थिए । विमानमा २३१ यात्रु र १० क्रु सदस्य थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal