गृहजिल्लामै लखेटिए गोकुल बाँस्कोटा, आ’गो लागाउन खोजियो

काभ्रेपलाञ्चोक

काभे्रपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तो-डफो-ड गरी आगजनीको प्रयास गरिएको छ ।

गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएको नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तो-डफो-ड भएको हो ।

करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०ः३० बजे गाडी तो-डफो-ड गर्न शुरु गरेको थियो ।

गौतमका अनुसार चालकले पार्किङ गर्न नपाउँदै गाडी छोडेर भागेका थिए ।

“पे’ट्रोल झि’क आ’गो लगा’उनु’पर्छ भन्दै सोही गाडीबाट पे’ट्रोल निकाल्ने प्रयास गर्दा नेता र स्थानीयवासी प्र’तिका’रमा उ’त्रन थालेपछि उक्त समूह भागेको थियो”, गौतमले भने।

केन्द्रीय सदस्यहरू आइतबार चौँरीदेउरालीकै धुसेनीमा कार्यक्रम गरेर नेता गौतमको घरमा बास बसेका थिए ।

उक्त घरमा नेकपाका केन्द्रीय सदस्यत्रय चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम तथा जिल्ला नेता लेखराज गौतम,

इन्द्रबहादुर तामाङलगायतको १६ जनाको टोली बास बसेको थियो । उक्त आ-क्रमणकारी समूहले अर्को स्थान बिरुवामा समेत

नेता बास बसेको तिलक गौतमको घरअघि राति पटकपटक मोटरसाइकल घार्रघुर्र पारेर ध-म्कीको आभाष दिलाएको नेता

गौतमले बताए। उनका अनुसार चौँरीदेउरालीमा कुनै पनि कार्यक्रम नगर्न दाहाल–नेपाल समूहका नेताले ध-म्की दिइरहेका थिए ।

‘हाम्रो र’गत बगेको ठाउँमा अरु कसैले कार्यक्रम गर्न पाउँदैन’ भन्दै ध-म्कीपूर्ण भाषामा दाहाल–नेपाल समूहका स्थानीय

जनप्रतिनिधि एवं नेताले आफूहरुलाई ध’म्क्या’उँदै आएको नेता गौतमले बताए ।

उनका अनुसार गाउँपालिका अध्यक्ष दीननाथ गौतम र स्थानीय नेता मुकुन्द गौतमले जिल्ला नेता इन्द्रबहादुर तामाङलाई समेत सोही भाषामा पटकपटक ध-म्की दिँदै आएका छन् ।

पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले आ-क्रम’णकारीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

“छापामार शैलीमा आ-क्रमण भएको छ, जनमत घटेपछि गरिएको यस्तो ज’ङ्गली ह’र्कत सफल हुने छैन, विरोध गर्न पाइन्छ तर विरोधका नाममा आ-क्रमण हैन”, बाँस्कोटाले भने।

उनले सामाजिक सञ्जालमार्फतसमेत नेकपाकै अर्को समूहलाई ‘ना’ङ्लो न’ठटाउन भन्छु, हामी सामना गर्छौँ भा’ग्दैनौँ’ भनेका छन् ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal