Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

बला’त्कार प्रयास गर्ने पुरुषलाई एक महिलाले हत्’या गरेकी छन् 

 

बला’त्कार प्रयास गर्ने पुरुषलाई एक महिलाले हत्’या गरेकी छन् ।

धनकुटा असोज २९

धनकुटाको महालक्ष्मी नगरपालिका-०१ स्थित आफ्नै घरमा सुतेकी ३० वर्षीया कमला गुरुङले बलात्कार प्रयास गर्ने स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् ।
धनकुटा प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक गोबिन्द अधिकारीका अनुसार स्थानीय लीलबहादुरले कमलालाई घरमा सुतेको अवस्थामा बलात्कार प्रयास गर्दा खुकुरी प्रहारबाट मृत्यु भएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा कमला राती घरमा सुतिरहेको अवस्थामा लीलबहादुरले ढोका ढकढक्याएका थिए । ढोका नखोलेपछि चुक्कुल फुस्क्याएर घरभित्र गई बलात्कार प्रयास गर्दा कमलाले प्रतिकार गर्न खुकुरी प्रहार गरेकी थिइन् । त्यसपछि उनको टाउकोमा गम्भीर चोट लागेको थियो । बुधबार बिहान स्थानीय लाहुरे खोल्सीमा उनको शव फेला परेको हो ।
अहिले मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कमलाका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा गएको १५ महिनादेखि दुबईमा छन भने, लीलबहादुरका दुई छोरा छन् । लीलबहादुरकी श्रीमतिले छाडेर अर्कैसंग विवाह गरिसकेकी छन् ।