सोमबार , अषोज ४, २०७८

मन्त्री बन्दै रामकुमारी झाँक्री (भिडियो हेर्नुहोस् )

फागुण १२, २०७७ बुधबार 25

मन्त्री बन्दै रामकुमारी झाँक्री (भिडियो हेर्नुहोस् )

काठमाण्डौ ।

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले संसद पुनःस्थापना भए आफू पनि मन्त्री बन्न लागेको संकेत गरेकी छिन् ।

एक सञ्चारमाध्यसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । अब तपाईं मन्त्री बन्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनले हास्दै सम्भावना रहेको बताएकी छिन् ।

पछिल्लो समय नेकपा ओली पक्ष नेतृत्वको सरकारको चर्को विरोध गर्ने नेतृ झाँक्री राष्ट्रपतिविरुद्ध गोरखामा दिएको एक अभिव्यक्तिपछि पक्राउ परेकी थिइन् ।

राज्यको कसुरविरुद्ध अपराध मुद्दामा गत २९ माघमा झाँक्रीलाई प्रहरीले पक्राउ गरेर सोही दिन उनलाई रिहा गरेको थियो ।

झाँक्रीले के भनेकी थिइन् ?

यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन् ।

उनले भनेकी थिइन्- ‘राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु ।

शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।

‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन् ।

झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले आलोचना गरेको थियो । झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो ।