Sunday, October 25सुदुर मिडिया द्वारा संचालित
Shadow

सनातन हिन्दुराष्ट्रमा नेपाललाई रुपान्तरण गरे हामीले संसारको नेतृत्व गर्न सक्छौ:अध्यक्ष शाह

 

रुपन्देही असोज ३०
बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले नेपालमा हिन्दु राष्ट्र पुनस्थापना गर्न ओमकार परिवार भित्रका सबै हिन्दु कटिबद्ध भएर लाग्नुपर्ने बताएका छन। हिजो रुपन्देहीमा रहेको बोल बम धाममा बिश्व हिन्दु युवा संघ रुपन्देहीले गरेको दशै,तिहार तथा छठ विशेष शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै अध्यक्ष शाहले देशमा हिन्दु राष्ट्र ल्याएर पुर्वीय दर्शनको मौलिक अर्थनीति अवलम्बन गरे देशमा समृद्धि आउने पनि बताए। उनले विभिन्न विद्वानले नेपालले संसारलाई एकदिन नेतृत्व गर्छ भन्ने कुरा बताउदै आएको प्रसंग निकाल्दै अब नेपालले संसारको नेतृत्व गर्ने हो भने नेपाललाई सनातन हिन्दु राष्ट्रमा रुपान्तरण गर्नैपर्ने पनि जिकिर गरे। कार्यक्रममा जुना अखडा का सन्त तलवार गिरी जी महाराज को प्रमुख आतिथ्यता,बिश्व हिन्दु युवा संघ केन्द्रिय अध्यक्ष ऋषिकेश जंग शाह,राम बलि चौधरी बिशिस्ठ अतिथि संघका केन्द्रिय प्रवक्ता अनुराग शाह,केन्द्रिय सदस्य दिपेन्द्र प्रकाश केसि स्थानीय बुद्धिजिबि बिष्णु ज्ञवाली ,डा.गोबिन्द ज्ञवाली ,जमुना ढकाल ,बिष्णु पौडेल ,शेर बहादुर काफ्ले , केशव राज पराजुली ज्युहरु को आतिथ्यता रहेको थियो। उक्त कार्यक्रममा बोल्ने सबै बक्ताले नेपाललाई पाच बर्ष भित्र हिन्दु राष्ट्रमा पुन रुपान्तरण गर्न रुपन्देहीका सबैलाई जागरुक बनाउने प्रतिबद्धता समेत ब्यक्त गरे।