Saturday, October 24सुदुर मिडिया द्वारा संचालित
Shadow

प्रहरी दिवस पुर्वसन्ध्याको दिन ईलाका प्रहरी कार्यालय चौरजहारिले सरसफाइ कार्यक्रम सम्पन्न

रुकुम पश्चिम असोज २९ गोपाल सिंह खड्का

प्रहरी दिवसकाे अवसरमा ईलाका प्रहरी कार्यालय चाैरजहारी रुकुम पश्चिमले बृहत् सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख प्रहरी निरीक्षक कृष्ण डाँगीकाे कमाण्डमा खटी गएकाे प्रहरी टाेली , प्रहरी वेश क्याम्प चाैरजहारी रुकुम पश्चिमकाे प्रहरी टाेली , स्वास्थ्यकर्मी र स्थानीय हरुकाे सहभागितामा विभिन्न स्थानमा सरसफाइ गरिएको हाे ।

वडा नं. १ स्थित रहेकाे मानव विकास तथा सामुदायिक सेवा अस्पताल र माईकी दर्का भगवती मन्दिरको सरसफाई कार्यक्रम गरिएकाे थियो।यसै विच दिवसको पुर्वसन्ध्यामा जिल्लामा पनि विभिन्न कार्यक्रमहरु आयाेजना गरिएको छ साथै आउदै गरेको महानचाड पर्वमा धेरै भिडभाड अरु लगायत अन्य अनैतिक कियाकलाप नगर्न समेत प्रहरी निरीक्षक डाँगीले आग्रह गरेका छ्न ।