ज्ञानेन्द्र शाहीलाई रेनु दाहालको यस्तो कडा चेतावनी
फागुन ८
काठमाडौ ।
भरतपुर महानगरपालिका कि मेयर रेनु दाहालले भ्रष्टचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहिलाई चेतावनी दिएकी छिन ।
उनी भन्छिन को हो त्यो ज्ञानेन्द्र शाही भनेको जो प्रमाणविना मलाई १२ करोड खायो भन्दै हिडछ , अब फेरि यस्ता कुरा गरेमा फेरि चितवन घटना दोहोरिन सक्ने चेतावनीसमेत दिएकी छिन ।
उनले एक टेलिभिजनमा अन्तर्वार्ता दिदै यी कुरा भनेकी हुन । अभियान्ता भएर अभियान्ताको ठाउमा बस्न पर्छ धेरै अपाच्य कुरा बोल्नु हुन्न भनेकी छन ।
यो पनि
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
शनिबार विराटनगरमा आयोजित आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले सेटिङ भएर प्रतिनिधिसभा पुनःस्थापना गरिए आन्दोलन गर्ने चेतावनी दिनुभएको हो ।
प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्ड–माधबकुमार नेपाल नेतृत्वमा नेकपाकै बहुमत पक्षसहित सबै दलहरु आन्दोलनमा रहेको बेला प्रधानमन्त्रीले पनि आन्दोलनको धम्की दिनुभएको हो ।
प्रतिनिधिसभा विघटन सदर गराउन प्रधानमन्त्रीले संवैधानिक निकायमा ‘सेटिङ’ गरिरहेको आशंका अन्य दलहरुले गरिरहेको बेला ओलीले संसद पुनःर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गर्नुभयो ।