अब प्रचण्डलाई काँध हाल्न सक्दिनँ : प्रधानमन्त्री ओली
काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई अब काँध हाल्न नसक्ने बताएका छन् ।
नेकपा ओली पक्षले विराटनगरमा शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष रहेका ओलीले दुई/
चार सिटमा सीमित हुन लागेका दाहाललाई आफूले ठूलो बनाए पनि गलत बाटो हिँडेकाले अब काँध नथाप्ने टिप्पणी गरेका हुन् ।
दाहालले राजनीतिमा गलत बाटो छानेको उनको नियति अब असफलता मात्रै रहेको ओलीले दाबी गरे ।
सिद्धिइसकेको प्रचण्डलाई, २/४ सिटमा सीमित हुने प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरो हालिदिएको थिएँ। जुरो भएपछि अलिकति सिङ पनि हालिदिएको थिएँ।
लामा सिंङ भएपछि उहाँमा अहंकार चल्यो। उहाँले हामीलाई सिध्याउन खोज्नुभयो ओलीले भने उहाँको नियति अब असफलताबाहेक केही छैन।
‘प्रचण्डजीको माया लाग्छ। पहिले उहाँसँग वैद्य हुनुहुन्थ्यो। वैद्यले छाड्नुभयो, डाक्टर लिनुभयो।
उहाँले नि छाड्नुभयो, अहिले झाँक्री लिनुभयो। वैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्री तर उहाँलाई अब झाँक्रीले बचाउन सक्दैन ओलीले भने उहाँले गलत बाटो छान्नुभयो।
राजनीतिमा गलत बाटो छान्नुभयो। विकासको बाटोमा तगारो हाल्न खोज्नुभयो। नेपालको राजनीतिमा अब उहाँले सफलता पाउने सम्भावना छैन।’
दाहाललाई पार्टीमा फर्कन आग्रह गर्दै उनले भने अझै पनि तपाईं फर्कन चाहनुहुन्छ भने फर्कनुहोस्।
मिसिन हुन्न भने भीरबाट लड्नेलाई राम भन्न सकिन्छ काँध हाल्न सकिदैन। खिइँदै गएर सिधिने बाटोमा प्रचण्ड जानुभयो।
पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गराइदिएपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजन भएको छ ।
ओली समूह र दाहाल-नेपाल समूह बनेपछि आन्दोलन र सभा गर्दै नेताहरु एक अर्काबीच आरोप-प्रत्यारोपमा उत्रेका छन् ।