म महिनावारी भएको बेला भाइटीका लगाएँ, छोइछाइ चलन आफैं हटाए–स्वस्तिमा (भिडियो सहित)
काठमाडौँ
रोचक
महिनावारीको कुरा
अभिनेत्री स्वस्तिमा खड्का पहिलो महिनावारी बार्न सात दिन आफ्नो मामाघर गएर बसिन ।
त्यो बेला उनी पन्ध्र वर्षकी थिइन । मामाघरमा आफ्नै उमेरकी बहिनीसँग खेल्न पाउने कुराले निकै खुसी थिइन । वास्तविकता भने उनको सोचभन्दा
तितो थियो । उनलाई कोठामा कसैलाई छुन नपाउने सर्तमा एक्लै थुनेर राखियो ।
घरपरिवारबाट महिनावारीबारे ज्ञान नपाए पनि स्वस्तिमा साथीहरूका अनुभवबाट सचेत थिइन । उनलाई महिनावारी प्रक्रिया, सरसफाइ र स्वास्थ्यमा ध्यान पुर्याउनु पर्ने
कुराहरू थाहा थियो । अज्ञात त समाजका अन्धविश्वासबारे थिइन । महिनावारीको भएको महशुस हुँदा आमालाई भन्न
डराएकी थिएँ स्वस्तिमा भन्छिन्घ रमा कहिल्यै यी विषयमा कुरा भएन । त्यही कारणले पहिलोपटक महिनावारीमा
सामना गर्नुपर्ने रोकतोकले अत्ताएको थियो । बार्न थालेको केही दिनमै उनलाई आफ्नो घरको याद आयो ।
केही समय बिराएर आमा भेट्न आउँदा भक्कानो छोडेर रून्थिन । बुबा र भाइलाई देख्न नपाउँदाको पीडा बेग्लै ।
छोइछाइ गर्न नहुने चलन स्वस्तिमाका निम्ति यातना बनेको थियो । यसको प्रभावले उनका पछिका दिन फेरिए ।
पहिलोपटक बार्नु परेको अनुभवका डरले उनले घरमा महिनावारी भएको कुरा भन्नै छाडिन ।
बाँकी भिडियो मा