बुधबार , कार्तिक ३, २०७८

राजेश हमाल दम्पत्तिको यस्तो भि’ डियो कसरी बाहिरियो ? (भिडियो)

फागुण ८, २०७७ शनिबार 30

राजेश हमाल दम्पत्तिको यस्तो भि’ डियो कसरी बाहिरियो ? (भिडियो)

काठमाडौं

महानायक राजेश हमाल उमेरले आधा शताब्दी नाघिसकेका छन् । विवाहको सवालमा सधैँ चर्चामा आएका महानायक हमालले उमेर ढल्किएपछि मधुसँग विवाह गरे ।

अहिले भने कहिले बच्चा पाउने भनेर उनलाई धेरैले प्रश्न तेर्साउने गरेका छन् । उमेरले आधा शताब्दी नाघिसक्दा पनि महानायक हमाल आफूलाई सधै जवान ठान्छन्

। कसैले अहिलेको उमेर सोध्यो भने भन्ने गर्छन् २५ वर्ष पुगेपछि गन्नै छोडिदिएँ । सार्वजनिक कार्यक्रममा जाँदा टिपटप भएर पुग्ने भएकाले उनको उमेर अनुमान गर्न पनि गाह्रै हुन्छ ।

तर, हमालको अनुहारमा बुढ्यौलीका चिन्हहरु देखिन थालिसकेका छन् । जस्तो कि उनी आफैंले हालै फेसबुकमा सार्वजनिक गरेको तस्वीरहरुले पनि राजेशको उमेर छि’प्पिँदै गएको संकेत गर्छन् ।

होम क्वारेन्टाइनमा रहँदा खिचेका तस्वीर तथा भिडियोमा राजेशको जुँगा दारी लामा छन् र सेतै फुलेका छन् । उनै महानायकको व्यक्तिगत भिडियो अहिले समाजिक संजालमा भाइरल बनिरहेको छ ।

श्रीमति मधुसँग रोमान्स गर्दै गरेको भिडियो बाहिरिएपछि अहिले उक्त भिडियोले चर्चा बटुलिरहेको छ । महानायक हमाल थरिथरि क्रियाकलाप गर्छन् घरभित्रै ।

उनले आफ्नी श्रीमती मधु भट्टराईसित रो’मान्टिक समयकोे भिडियो पनि बाहिर ल्याएका छन् ।

जहा उनि श्रीमतीसँग वा’ईन खादैँ रो’मान्टिक हुँदै नाचेका छन् भने नया वर्षको सुभकामना पनि दिएका छन ।

केहि समयअघि बाहिरीएको उक्त भिडियोमा राजेश र मधु आफ्नो व्य’क्तिगत समय बिताइरहेका छन् । वा’ईन खा’दैँ म’स्ति गरेको भिडियो राजेश हमाल आफैँले सार्वजनिक गरेपछि

बुढेसकालको मायामा रमाइलो भन्दै धेरैले ठ’ट्यौलि कमेन्ट गरेका छन् । जे होस्, बु’ढेसकालमै विवाह गरेपनि महानायकको दाम्पत्य जिवन सु’खद र रमाइलो देखिन्छ ।

महानायक राजेश हमालले धेरै चलचित्रहरुमा श्रीमान वा प्रेमी बनेर अभिनय गरेका छन् र धेरै रो’मान्टिक सिनहरु दिएका छन् ।

वास्तवित जीवनमा चाहिँ उनी कति रो’मान्टिक होलान् ? विवाहको ५ वर्षपछि महानायक हमालले आफ्नी पत्नी मधुसहित टेलिभिजनमा पहिलो अन्तरवार्ता दिए ।

हिमालय टेलिभिजनमा आइतबार आउने कार्यक्रम जीवनसाथीको पहिलो एपिसोडमा उनीहरु प्रस्तुत भएका थिए । उक्त कार्यक्रममा हमालको प्रस्तुति हेर्दा लाग्यो कि उनको दाम्पत्य जीवनमा रोमान्टिक होइन, बोरिङ रहेछन् ।

पहिलोपटक आफूहरुको बैवाहिक सम्वन्धबारे खुलेको यो जोडीको फरकफरक स्वाभाव देखियो । हमाल स्वयम्ले आफू ‘विवाह र घर व्यवहार गर्ने खालको व्यक्ति नभएको’ बताए ।

मधु भने समझदार लागिन् । पहिलोपटक टेलिभिजनमा यसरी आफ्नो दाम्पत्य सम्वन्धबारे खुलेकी उनले राजेशलाई आफ्नो आदर्श बताइन् ।

तर, उनका केही स्वभावप्रति गु’नासो पनि गरिन् । हरेक पत्नीहरुले चाहन्छन् आफ्नो जन्मदिनलाई पतिले विशेषरुपमा लेओस् ।

पतिलाई आज मेरो जन्मदिन हो है भनेर सम्झाउनुपर्दा उनलाई पक्कै पनि खुशी लाग्दैन । तर, मधुको जन्मदिन कहिले हो भन्नेसम्म हमाललाई थाहा रहेनछ ।

कार्यक्रम प्रस्तोता माल्भिका सुब्बाले दुबैलाई एकअर्काको विषयमा ५/५ प्रश्न सोधेकी थिइन् । जसमा मधुले ५ मध्ये ४ प्रश्नको सही उत्तर दिइन् ।

राजेशले चाहिँ ५ मध्ये २ प्रश्नको गलत उत्तर दिए भने एउटाp कागतालीमा मिलाए । माल्भिकाले मधुजीको जन्मदिन कहिले हो ?’ भन्ने प्रश्न हमाललाई सोध्नासाथ मधुले भनिन्यो  पक्कै उहाँलाई थाहा छैन ।

नभन्दै हमालले भन्न सकेनन् । निकैबेर घोत्लिएर भने आई थिंक नोभेम्बरमा हुनुपर्छ । ७ तारिख हो कि ?मधुले भनिन्अ हँ होइन । तर, श्रीमानले आफ्नो जन्मदिन बताउन नसक्दा मधुले चित्त चाहिँ दुखाइनन् ।

उहाँलाई यस्ता कुरा थाहै हुँदैन’ भनेर बचाऊ गरिदिइन् । सो कार्यक्रममा राजेश हमालले मधुभन्दा अगाडि आफ्ना धेरै विदेशी महिलासँग अफेयर रहेको गर्वसाथ बताए ।

नायिकाहरुसँग त मेरो भएन । तर, विदेशीहरुसँग भयो । उनीहरुसँगको सम्वन्ध बिहे गर्नका लागि थिएन । तर, मैले पहिले अफेयर गरेका केटीहरुभन्दा मधु एकदम सोझी थिइन् । उनीसँग सम्वन्ध राखेपछि बिहे नै गर्नुपर्ने हुन्थ्यो हमालले सुनाए ।

मधुले थपिन्म त अहिले पनि सोझी नै छु । उहाँले आफ्नो विगतका सम्वन्धबारे मलाई भन्नुभएको छ ।हरेक महिलाहरु आफ्नो श्रीमानबाट प्रशंसाका शब्द सुन्न आतुर हुन्छन् ।

यसमा पनि मधु अभागी देखिइन् । पतिले कहिल्यै मुख खोलेर प्रशंसा नगरेको उनले बताइन् । र, हमालले पनि यो स्वी’कारे ।

उनीहरुलाई एकअर्कासँग बिताएको सबैभन्दा मीठो पलका बारेमा सोधियो । मधुले राजेशसँग लामो यात्रा गरेका क्षणहरु आफ्नो लागि अविस्मरणीय रहेको बताइन् । ‘घरबाहिर घुम्दा उहाँको अर्कै व्यक्तित्व देख्छु ।

निकै बिन्दास बन्नु हुन्छ । त्यो व्यक्तित्व मलाई मन पर्छ । कहिल्यै यो यात्रा नटुंगियोस जस्तो लाग्छ मधुले भनिन् । राजेशले भने मधुसँगको मीठो पलबारे सोध्दा कुनै क्षण उल्लेख गर्न सकेनन् ।

बरु भने मलाई पनि घुम्न मन पर्छ । म पहिलेदेखि नै विदेश घुमिरहेको मान्छे हुँ । खासगरी थाइल्यान्ड मन पर्छ ।’राजेशले आफ्नी पत्नीलाई समय चाहिँ कत्तिको दिन्छन् त ? यो प्रश्नमा मधुले भनिज्, ‘उहाँ धेरै विजी होइसिन्छ ।

प्राय ट्राभलमै हुनुहुन्छ । तर, फुर्सदको समयचाहिँ मसित नै बिताउनुहुन्छ । त्यसैले मेरो कुनै गु’नासो छैन ।

कार्यक्रमको अन्त्यमा राजेशलाई पत्नीको हात समातेर केही रो’मान्टिक शब्दहरु भन्न लगाइन् माल्भिकाले । तर, राजेशले मन गरेन् ।‘यस्तो कुरा मलाई मन पर्दैन ।

मैले धेरै फिल्महरुमा रोमान्टिक डा’इलग बोलेको छु । त्यसैले ए’क्टिङ गरेको जस्तै लाग्छउनले भने । तर, माल्भिकाले कर गरेपछि उनले पत्नीको हात समाते ।

मधुले निकै लजाएर हात दिइन् । तर, हमालले रो’मान्टिक संवाद बोल्नुको साटो उ’टपट्याङ गीत गाउन थाले ।

आफ्नो मन पर्ने गीत भन्दै उनले गाएको गीत थियो तिम्रो माया लाग्छ है साइँली सम्झन्छु छिनछिन, तिमीले माया नगरे पनि सम्झन्छु दिनदिन, आज त मैले भातै र खाएँ तिहुन गा’भाको,

तिमीले माया के लाउँथ्यौ साइली मजस्तो जाभाको, सेतो र चोली रातो र चोली उनैले सिएको, यो गीत मैले गाएको होइन सम्झाइदिएको । यहि गीतमा रमाइलो गरेको भिडियो

महानायकले सार्वजनिक गरेका थिए । तर, म त साइँली होइन, जेठी भनेको भए हुन्थ्यो मधु भन्दै थिइन् ।

भिडियो