सोमबार , कार्तिक १, २०७८

ओली सरकारसँग वार्ता गर्न तयार रहेकाे विप्लवको घोषणा, हेर्नुहोस विज्ञप्तिसहित

फागुण ८, २०७७ शनिबार 38

ओली सरकारसँग वार्ता गर्न तयार रहेकाे विप्लवको घोषणा, हेर्नुहोस विज्ञप्तिसहित

काठमाडौँ ।

बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले सहज वातावरण बने सरकारसँग वार्ता गर्न तयार रहेको बताएको छ ।

पार्टी महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा पार्टी सरकारसँग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको बताएका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमार्फत क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि सम्बाद र बार्ताको लागि तयार रहेको बताएका हुन् ।

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्हा म्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो ।

यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग

सम्बाद र बार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।

पछिल्लो समय सरकारले नेकपासंग वार्ताका लागि पहल गरिरहेको छ ।

सञ्चार केन्द्रबाट साभार

हेर्नुहोस विज्ञप्ति