समाचार

प्रतिनिधिसभा पुनर्स्थापना होला ? भर्खरै सर्वोच्च अदालतबाट आयो यस्तो सुचना

काठमाडौं

प्रतिनिधि विघटन मुद्दाको सर्वोच्च अदालतमा भइरहेको सुनुवाइ अब निर्णय प्रक्रियातर्फ अघि बढेको छ ।

बहसको क्रम शुक्रबार सकिएपछि संवैधानिक इजलासले वकिलहरुसँग बहस नोट माग गरेपछि मुद्दा निर्णय प्रक्रियामा प्रवेश गरेको हो ।

इजलासले यही १० गतेभित्र बहस नोट पेस गर्ने समय तोकेको छ । साथै ११ गते इजलास बस्ने गरी मुद्दालाई हेर्दाहेर्दै पेशीमा राखिएको छ ।

१३ गते विहीबार फैसला आउने सर्वोच्चसूत्रले जनाएको छ । शुक्रबारको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट वरिषठ

अधिवक्ता गीता पाठक संग्रौलाले आफ्नो राय प्रस्तुत गरेका थिए । प्रतिनिधिसभा पुनर्स्थापना गर्नु पर्ने राय उनीहरुले राखेका थिए ।

यो पनि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले जुनसुकै बेला जस्तोसुकै निर्णय

लिनुपर्ने भन्दै आफ्ना पक्षका केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकमा

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।

शुक्रवारकाे बैठकमा केन्द्रीय सदस्यहरूको नागरिकताको प्रतिलिपिसहित हस्ताक्षर सङ्कलन गरिएको छ ।

बैठकमा अध्यक्षद्वय प्रचण्ड र नेपालले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुभएको समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले आफ्नो समूहले गर्दै आएको आन्दोलनलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।

गएकाे पुस ५ मा भएकाे प्रतिनिधि सभा विघटनपछि चौथो चरणको आन्दोलनमा रहेको प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा वैधानिकताका लागि निवेदन दिएको छ ।

तर आयोगले यसबारे कुनै चासो नदेखाएको भन्दै प्रचण्ड–माधव समूह असन्तुष्ट छ ।

बैठकपछि प्रवक्ता श्रेष्ठले प्रदेश २ मा प्रदेश प्रमुख परिवर्तन गर्नु प्रधानमन्त्री ओलीको अराजनीतिक चरित्र भएको समेत टिप्पणी गर्नुभएको छ ।

Related Articles

Back to top button