समाचार

प्रचण्ड र माधव बिच यस कारण सुरु भयो झगडा, पद पाउन मारामार!

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र ओली समूहविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड-माधव समूहभित्रै विवाद सुरु भएको छ ।

पूर्वएमाले र पूर्वमाओवादी गरी फरक पृष्ठभूमिका प्रचण्ड र माधव नेपालबिच पदीय भागवण्डालाई लिएर विवाद सुरु भएको हो ।

खासगरी माधव नेपाललाई अध्यक्ष बनाइसकेपछि महासचिव पूर्वमाओवादीले पाउनुपर्ने आवाज उठेको छ एकातिर ।

अर्कोतिर पूर्वएमाले समूह पहिला पनि महासचिव आफ्नै भएको भन्दै अहिले पनि आफूले नै पाउनुपर्ने अडान राखेको छ । यस्तोमा सहमति जुट्न सकेको छैन ।

संसदीय दल नेतामा पुष्पकमल दाहाललाई चयन गर्ने निर्णयसमेत गरिसकेको दाहाल–नेपाल समूहले महासचिव भने चयन गर्न सकेको छैन ।

महासचिवमा पूर्वएमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र पूर्वमाओवादीबाट वर्षमान पुन, जर्नादन शर्मा आकांक्षी छन् । तर महासचिव तत्कालीन एमाले वा माओवादी केन्द्र कसले लिने भन्ने टुंगो लाग्न नसक्दा विवाद बढ्दो छ ।

स्थायी कमिटी बैठकले महासचिवसहित पार्टी एकताका काम टुंगो लगाउन सचिवालयलाई जिम्मेवारी दिए पनि पूर्वएमाले कि पूर्वमाओवादी भन्ने प्रतिस्पर्धाले छान्न सकिएको छैन ।

एकै पदमा मारामारको स्थिति पैदा भएको छ । यसअघि नारायणकाजी श्रेष्ठ रिसाएको खबर यो समूहमा आएको थियो ।

समूहका अन्य पदमा पनि भागवण्डा चुनौती बनेको नेताहरु बताउँछन् ।

Related Articles

Back to top button