ड’ रलाग्दो दु’ र्घटना ,एक जनाको घ’ टना स्थलमै मृ’ त्यु
धनुषा
धनुषाको मिथिला नगरपालिकामा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृ’ त्यु भएको छ ।
मिथिला नगरपालिका ५ विश्रामपुरस्थित पूर्वपश्चिम राजमार्गमा गएराति ज ६ प २८३३ नम्बरको मोटरसाइकललाई बा १३ च ८०३८ नम्बरको स्कारपियोले ठ’ क्कर दिँदा दुई जना गम्भीर
घाइते भएका थिए ।
ठ’ क्करबाट मिथिला नगरपालिकाका २४ बर्षिय दिपेन्द्र महतो र बर्ष २० का रोशन लामा घाइते भएका थिए ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा दिपेन्द्रको मृ’ त्यु
भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार घाइते लामाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।ठक्कर दिएर घटनास्थलबाट स्कारपियो फरार भएको थियो ।
सोही कारण आक्रोशित भएका स्थानीयहरुले करिब आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।मोटरसाइललाई ठ’ क्कर दिएर फरार भएको स्कारपियो गाडी धनुषा प्रहरीले
२ घण्टापछि नियन्त्रणमा लिएको थियो ।
दिपेन्द्रको श’ व पोष्टमार्टमको तयारी भइरहेको र घ’ टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
याे समचार पनि पढ्नुहोस्
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन आयोगका १३ जना सदस्यले शुक्रबार सार्वजनिक गरेका छन् । दुई वर्षअघि बनाएको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि सदस्यहरूले आफैँ सार्वजनिक गरेका हुन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल संयोजकत्वको २५ सदस्यीय आयोगले २०७५ सालमै सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन प्रधानमन्त्री कार्यालय पुगेर थन्किएको छ ।
सरकारले सार्वजनिक नगरेपछि प्रतिवेदन शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल)ले प्रकाशन गरेको छ । आयोगका २५ मध्ये १३ जना सदस्यले सार्वजनिकीकरण विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
प्रतिवेदन सार्वजनिकबारे आयोगका सदस्य डा. विद्यानाथ कोइरालासँग हामीले कुराकानी गरेका छौँ : प्रतिवेदन तपाईँहरूले नै सार्वजनिक गर्नुपर्ने स्थिति किन आयो ? सरकारले गर्नुपर्ने हाे, गरेन । एक वर्ष नाै महिना बित्यो तर सरकारले गर्न चाहेन । सायद सरकारसँग पैसा भएन ।
त्यसैैले हामीले नै सार्वजनिक गरेका हौँ । तपाईँहरूले सार्वजनिक गर्न मिल्छ त ? हामीले सार्वजनिक गर्नु बेइमानी हो भने स्वीकार गर्छौं ।
तर, सरकारले नगरेको कुरा जनताले गर्न पाइन्छ कि पाइँदैन ? सूचनाको हक भनिएको छ । सरकारले बोलेको कुरा सूचना दिन हुन्छ कि हुँदैन ? नागरिक समाजको काम सरकारले गरेको कुराकानीको करेक्सन गर्ने, सघाउने वा विमति जनाउने हो ।
शिक्षा मन्त्रीको अध्यक्षतामा तयार पारेको रिपोर्ट शिक्षामा लागेको मान्छेले छाप्नु के अपराध हो र ? यिनै कुरालाई आधार मानेर सार्वजनिक गरेका हाैँ ।
आयोगका सबै सदस्यको सहमति थियो त ? शिक्षा आयोगका सबै साथीहरूसँग कुराकानी भएको थियो । तर, पदमा भएका साथीहरूले हस्ताक्षर गर्न डराउनुभयो ।
उहाँहरूलाई समस्या पनि पर्ने देखियो । बाँकी १३ जनाले हस्ताक्षर गरेका छौँ । प्रतिवेदन भने एनसीई नेपालले छापेको छ । हामी प्रकाशन गर्न पाए हुन्थ्यो भन्नेमा थियौँ । एनसीई नेपाल छाप्न पाए हुन्थ्यो भन्नेमा थियो । दुवै पक्ष मिलेर सार्वजनिक गरेका हौँ । प्रधानमन्त्री, शिक्षामन्त्री र शिक्षाका अन्य निकायमा जानकारी गराउनु भएन ? यो वाम आयोगकै रिपोर्ट हो । गैरवामका दुई जना मात्र थियौँ ।
अनौपचारिक ढंगबाट सबैलाई जानकारी गराएका थियौँ । सार्वजनिक गर्नेबारे सबैलाई भनेका हौँ । तर, उहाँहरू आउन चाहनु भएन।
सरकारले गर्नुपर्ने काम भएकाले बाहिरकाले गरेको भन्ने किसिमले नआएको होला । एनसीई नेपालले छाप्ने कुरा शिक्षा मन्त्रालयलाई भनेको थियो । शिक्षा मन्त्रालयले हामीसँग केही छैन भनेर पठायो ।
त्यसपछि प्रधानमन्त्री कार्यालयमा पनि भनेका हाैँ । त्यहाँबाट पनि नसक्ने भनेपछि आज यो स्थिति आएको हो । यो विषयमा सरोकारवाला निकाय सबै जानकार नै छन् ।
प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा गएर थन्किनुको पछाडि के कारण देख्नुहुन्छ ? प्रधानमन्त्रीको जुन अपेक्षा थियो, त्यो पूरा नभएर थन्किएको हुनुपर्छ । प्रतिवेदनलाई निजी विद्यालयका साथीहरूले स्वीकार गर्नुभएको छैन ।
निजीले स्वीकार नगर्नुको पछाडि १० वर्षमा निजीलाई सेवामूलक बनाउने उल्लेख छ । यसमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि, तत्कालीन एमाले, माओवादी, कांग्रेस, जसपा सबैको स्वार्थ देखियो । निजी विद्यालय सञ्चालन सबै पार्टीका नेता/कार्यकर्ताले गरेका छन् ।
राष्ट्रपतिको ज्वाइँकै १०-११ वटा स्कुल छन् । अनि राष्ट्रपतिले निजी विद्यालयको विरुद्ध बोल्नु हुन्छ ? तत्कालीन एमाले हुँदा तीनवटा ठाउँमा जागिर खानुपर्छ भनेर निर्णय गरेको थियाे।
तीनवटा ठाउँ भनेको एनजीओ, सहकारी र निजी विद्यालय हो। पार्टीको निर्णयका आधारमा स्कुल खोले । आज प्रधानमन्त्रीले कसरी नाइँ भन्ने ? उहाँहरू निजीको बर्खिलापमा जान सक्नु हुन्न । किनभने निजी विद्यालयबाट पैसा लिएका छन् । कार्यकर्तालाई जागिर पनि दिएको छ ।
राजनीति गर्दा पैसा पनि दिएको छ । निजी विद्यालय जसरी चलेको छ, त्यसैगरी चल्न दिनुपर्छ भन्ने सोचले प्रतिवेदन थन्कियो भन्ने मेरो बुझाइ हो ।
अर्को तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले त्यसको लागत हिसाब गर्नुभएको हुनुपर्छ । शिक्षक र संरचना धेरै चाहिने कुरा छ । त्यसको लागतको हिसाब पनि भयो होला । पैसा दिनुपर्ने भएपछि प्रतिवेदन सार्वजनिक गरेर के गर्नु भन्ने भएको हुनुपर्छ ।
पार्टीको हितका लागि प्रधानमन्त्रीले, आफ्नो स्वार्थका लागि राष्ट्रपतिले र निरीह शिक्षामन्त्रीकै कारण रोकिएको हो । शिक्षामन्त्रीले आफू अध्यक्ष भएको समितिको रिपोर्ट कि छाप्नुहोस् कि म छोड्छु भन्न सक्नुपर्ने हो, त्यो पनि भएन ।
रिपोर्टमा कुनै नौलो छैन । पहिला पनि निस्किएकै हो । प्रतिवेदन सार्वजनिक नहुँदा शिक्षामा के असर परेको थियो ? सार्वजनिक गर्दाको फाइदा सार्वजनिक भयो भनेर भन्न सकिने भयो।
नत्र व्यक्तिले दिएको रिपोर्टजस्तो भएको थियो। अब शिक्षाको सार्वजनिक बहस गर्ने बाटो खुलेको छ । प्रतिवेदन हाम्रोतर्फबाट सिफारिस गरेको हो । यही गर्नुपर्छ भनेर लादेको पनि होइन ।
सार्वजनिक भएपछि संवाद गर्ने बाटो खुलेको छ । प्रतिवेदनमा मुख्य–मुख्य कुरा के छन् ? हिजोकै कुराकानीको निरन्तरता छ । तर, नवीन कुराहरू पनि कतै-कतै छन् ।
बालविकासको शिक्षा पञ्चायतदेखि थियो, अहिले पनि छ । यसलाई संस्थामा जोड्न भनेका छौँ । बालविकास शिक्षकको तलब, योग्यता र क्षमतामा हुनुपर्छ भनेर लेखेका छौँ ।
आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क हुनुपर्छ भनेको छ । त्यो संविधानकै कुरा हो । २०१२ सालमा लेखेको कुराकानी अहिले पनि लेखेको छ ।
निजी विद्यालयमा पढ्ने मान्छेलाई के गर्ने भन्नेमा अलिकति फरक छ । हिजो निजी विद्यालय खोल्नुपर्छ भन्ने थियो । निजी छाडा भएका छन् । अब निजीलाई नियमन गर्नुपर्छ भनेर लेखिएको छ । व्यावसायिक शिक्षा कुनै नौलो होइन ।
२०१२ सालमा पनि यही कुरा थियो । पञ्चायतमा पनि थियो । अहिले पनि भनेको छ । व्यावसायिक शिक्षाबाट साधारण शिक्षामा आउन पाउने र साधारण शिक्षाबाट व्यावसायिक शिक्षामा जान पाउने भनिएको छ।
उच्च शिक्षालाई अनुसन्धान र सेवामूलक बनाउने भनिएको छ।सेवामूलक २०७४/०७५ को रिपोर्टमा पनि लेखिएको थियो । अनुसन्धान गर्ने भन्ने २०१२, ०२८ र ०५४ को रिपोर्टमा पनि लेखिएको थियो । त्रिविलाई व्यवस्थापन गर्न सानासाना विश्वविद्यलाय बनाउने कुरा छ ।
यो अघिल्लो प्रतिवेदनमा पनि थियो । अरु त शब्द हो, गणतान्त्रिक व्यवस्थाअनुसार समाजवादउन्मुख जस्ता शब्द हालेको छ । समग्रमा प्रतिवेदन नवीनता होइन, निरन्तरता नै हो । silapatra.com बाट साभार गरिएको हो